टिपर दुर्घटना हुँदा चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पाको माथागढीमा टिपर दुर्घटना भएको छ । आइतबार विहान माथागढी गाउँपालिका-६ चिलेपानीस्थित झडेवा-रहवास भित्री कच्ची सडक खण्डमा गोठादीबाट रहबासमा रहेको पाल्पा सिमेन्टको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालकको ज्यान गएको छ । मृत्यु हुनेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४० वर्षीय विष्णु गुरुङ्ग रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरक्षिक तथा प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङ्गको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अर्को एक जना घाइते भएका छन् । टिपरमा सवार माथागढी गाउँपालिका-४ झडेवा बस्ने ५० वर्षीय हुमबहादुर परियार घाइते हुनुभएको हो । उहाँलाई उपचारका लागि तानसेन ल्याइएको प्रहरीले जनाएको छ । घाइते परियारको खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ । टिपर सडकबाट ४० मिटर तल खसेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?