म्याग्दी । जिल्लामा भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्ने संस्था निर्माण ब्यवसायी संघ म्याग्दीको अध्यक्षमा गोपाल भट्टचन चयन हुनुभएको छ ।
संघको शनिबार बेनीमा भएको २२ औँ साधारणसभा तथा ११ औँ अधिवेशनबाट भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
संघको प्रमुख बरिष्ठ उपाध्यक्षमा प्रदिप सापकोटा, बरिष्ठ उपाध्यक्षमा विपीन खड्का, उपाध्यक्षमा प्रवीण सापकोटा, नरसिँहबहादुर खत्री, प्रवीण शाही र कुशल पौडेल चयन हुनुभएको छ ।
त्यसैगरी महासचिवमा दिनेश केसी, उपमहासचिवमा इन्द्रबहादुर बानियाँ, सचिवमा भरत पौडेल, कोषाध्यक्षमा कुशल जिसी, सहसचिवमा मनप्रसाद कँडेल, सहकोषाध्यक्षमा श्यामसुन्दर कँडेल चयन हुनुभएको छ ।
सदस्यहरमा लोकबहादुर मल्ल, मोहन कार्की, रामकुमार श्रेष्ठ, दिनेश ढुंगना, नविन केसी, मोतिलाल पौडेल, कल्पना बरुवाल, जंगबहादुर भण्डारी, विजय शेरपुञ्जा र घनश्याम पौडेल चयन हुनुभएको संघले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका