उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

आईतवार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताउनु भयो ।

उहाँले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताउनु भयो । उहाँले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो । त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस् । पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस् । कानूनले व्यवस्था दिएको छैन । निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो । यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ । संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये यो दुई चरण निर्वाचन गरेको पहिला महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि हो । संविधानको भावना पुरुष नै दुवै हुनुपर्ने होइन । खस आर्य महिला र पुरुष बाहेकको उम्मेदवारी योग्य हुन्छ त्यसैले हाामीले ध्यानाकर्षण गराएका हौँ ।’

अधिवक्ता खतिवडाले संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये दुई चरण निर्वाचन गर्नुको कारण महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि रहेको भन्दै पुरुष बाहेकको उम्मेदवारी योग्य रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?