समाजसेवी कुँवरद्वारा स्कुल-कलेजमा अक्षय कोष स्थापना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवर विद्यालय र कलेजहरूमा अक्षय कोष राखेर समाजसेवी कामहरूलाई निरन्तरता दिइरहनु भएको छ । हिजोआज आफ्नो जन्मथलो काभ्रेका विभिन्न विद्यालयमा गएर अषक्ष कोषको स्थापना गरिरहनु भएको छ । पाँच रुपैयाँ फि तिर्न नसकेर आफ्नो औपचारिक अध्ययनलाई सात कक्षामै सीमित गरेका कुँवरको अनौपचारिक अध्ययनको कुनै सीमै छैन भने पनि हुन्छ ।

आफूले विद्यालय पोशाक लगाउन नपाए पनि दुई दर्जन विद्यालयलाई जाडोको स्वेटर वितरण गरेर काठमाडौं फर्किनुभयो । उहाँ पछिल्लो समय राजनीतिमा पनि लाग्नुभयो । उहाँ आफ्नै जन्मथलो भुम्लुबाट लौरो चुनाव चिहृन लिएर उठ्नुभएको थियो पराजित हुनुभयो । गणितीय हिसाबबाट पराजित भए पनि आफ्नो कर्तव्य उहाँले कहिल्यै छाड्नु भएन ।

‘चुनावी मतबाट पराजित भए पनि मनबाट पराजित भइनँ । उहाँहरूको मतलाई धन्यवाद दिन निर्वाचनलगत्तै आफ्नो चुनावी क्षेत्र गएँ । सकेको सातोतिनो सहयोग गरेँ’, उहाँ भन्नुहुन्छ । कुँवरलाई मत दिन नपाएको पछुतो लागेको भुम्लु सिम्थलीका स्थानीयहरू पश्चातापमा परेको बताउँछन् । जसरी पनि जनतासँग नजिकमा रहेर समाजसेवा गर्ने आफ्नो चाहना रहेको कुँवर बताउनुहुन्छ ।

जन्मदिनको अवसर पारेर ठूलो काम केही गर्न नसके पनि भुम्लुका विद्यार्र्थी भाइबहिनीहरूका लागि एक लाख रुपैयाँको अक्षयकोष व्यवस्था गरेको उहाँले जानकारी दिनु भयो । उहाँले प्रकाश क्याम्पस भुम्लु-८ लाई पहिलो चरणमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभयो छ भने बाँकी पाँचवटाका लागि पनि एक/एक लाख रुपैयाँको कोष राख्ने वचनबद्धता उद्घोष गर्नु भएको छ ।

सोही वचनअन्तर्गत शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सर्वमंगला बहुमुखी क्याम्पस पाँचखाललाई दुई लाखको चेक हस्तान्तरण गर्नु भएको छ । एक लाख क्याम्पसका लागि जग्गा किन्न र एक लाख रुपैयाँ अक्षयकोष स्थापनाका लागि प्रदान गर्नुभएको हो । आफ्नो निर्वाचन क्षेत्रमा आयोजना हुने सानातिना कार्यक्रम तथा धार्मिक अनुष्ठानहरूमा दिल खोलेर सहयोग गरेको उहाँको भनाइ छ ।

चक्रपथ सफाइका अभियान्ता कुँवर जसरी पनि समाजसेवामा लागिरहने बताउनुहुन्छ । कोरोना महामारीका बेलामा उहाँले विभिन्न ठाउँमा राहत बाँड्नु भएको थियो । कुँवर जीवनपर्यन्त आफू समाजसेवामा लागिरहने बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

JUST IN
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ आज र भोलि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्र बनाउन मन्त्री मेहताको जोड भोजपुरमा राति सवारी आवागमन बन्द बूढी राप्तीमा घुँगी खोज्न गएका व्यक्तिको डुबेर मृत्यु भीषण वर्षाको जोखिम : राति हेटौंडाबाट काठमाडौं जाने सवारी अस्थायी रूपमा रोकियो गृह मन्त्रालय प्रवेशमा रोकिएपछि निहारिका राजपुत र बिनु यादवको विरोध प्रदर्शन एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सर उपचाररत बाढीपहिरोले देशका छ प्रमुख राजमार्ग अवरुद्ध, सतर्कता अपनाउन आग्रह तीन महिनाभित्र तीन लाख सदस्य बनाउने लक्ष्य, संगठन विस्तारमा जुट्न कुलमान घिसिङको…