देश विदेशीको क्रीडा मैदान भएको छ

Read Time = 18 mins

✍️ मणि शर्मा

एक्कासी वामगठबन्धन टुट्नु, पुष्पकमल दाहाल कांग्रेससँग मिल्नु, एमाले र राप्रपाबाहेक बाँकी दल नयाँ गठबन्धनमा पछि–पछि जानु, रवि लामिछाने अन्तिममा आएर माओ-काङ गठबन्धनमा बाँधिन जानु र यी सबै मिलेर रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनु कुनै संयोग होइन । यसअघि अमेरिकन उच्च अधिकारीहरूको नेपालको निरन्तर भ्रमण, रअ प्रमुखको आगमनको फलाफल यो गठबन्धन हो । इण्डिया ओलीलाई विश्वास गर्दैन, उसको नजरमा ओली चीन नजिकको पात्र हुन्, त्यसमाथि चुच्चे नक्सा, राम मन्दिर प्रकरण र नागरिकता विधेयकलाई राष्ट्रपतिबाट थन्क्याएर राख्नु उसलाई मन परेको थिएन । यद्यपि ओली चीनको त्यति साक्ख्यै होइनन् । इण्डिया र अमेरिकाको स्वार्थ मिल्न गयो, पुष्पकमल दाहाल उनीहरूको आज्ञापालक भएकाले यो नयाँ गठबन्धन बन्न गयो ।

महाकाली सन्धि हुँदाको पात्रहरू अहिले फेरि दोहोरिएका छन् । त्यस बेला रामचन्द्र पौडेल सभामुख थिए, दरबार हत्याकाण्ड भएपछि सर्वप्रथम उनले नै युवराज दीपेन्द्रलाई हत्याकाण्डको दोषी ठहराएका थिए । यसबाट उनी कतैबाट निर्देशित भएर युवराज दीपेन्द्रमाथि दोषरोपण गरेको देखिन्छ । अर्को पात्र वर्तमान सभामुख हुन् । मनमोहन अधिकारी जो महाकाली सन्धिका विरोधी थिए र एमालेमा यसबापत निर्णय गर्न केन्द्रीय कमिटीको बैठकबाट बहुमतको आधारमा निर्णय गर्ने निर्णय भएपछि अस्पतालमा भएका मनमोहन अधिकारीको चाहनाविपरीत वैकल्पिक सदस्यको हैसियतमा वर्तमान सभामुख देवराज घिमिरेले महाकाली सन्धिको पक्षमा मतदान गरेका थिए । उनको एक मतले एमालेले महाकाली सन्धि पारित गर्ने निर्णय ग¥यो । तत्कालीन प्रधानमन्त्री अहिले सत्तापक्षमा छन् र उनी प्रतीक्षारत प्रधानमन्त्री हुन्, जसको नेतृत्वमा महाकाली सन्धि पारित गरिएको थियो । एमालेका तत्कालीन महासचिव माधव नेपाल अहिले सत्तापक्षमा छन् जसले केपी ओलीलाई महाकाली सन्धि गर्न सहमत गराएका थिए । यसको लागि उनले के के गरे जगजाहेर नै छ । प्रतिपक्षमा अहिले एमाले नै छ जसको नेतृत्व ओलीले गरेका छन् । मधेसवादी दल सत्तामा छ, पात्रहरू फेरिए पनि नीति उही छ तिनीहरूको । राप्रपाबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी थिए ।

उक्त दश वर्षे हिंसा र आतंकको खेलमा कुनै दलका मुख्य नेताहरू मारिएनन् । न त सेना, प्रहरीका उच्च पदस्थ अधिकारीहरू नै मारिए । अपवादको रूपमा सशस्त्रका आइजिपी कृष्णगोपाल श्रेष्ठको हत्या भएको थियो । न सरकारको पक्षबाट माओवादीका ठूला नेताहरू नै मारिए ।

उनको दल संसद्मा भए पनि उनी सांसद छैनन् । तत्कालीन जलस्रोतमन्त्री पशुपतिशमशेर राणा अहिले सांसद छन् । पुष्पकमल दाहाल र उनको दलले त्यस बेला महाकाली सन्धिको विरोध गरेको थियो तर सत्तामा गएपछि ऊ त्यसको समर्थक बन्यो । त्यसै बेला नेपालबाट सनातन धर्ममाथि आक्रमण गरी इसाई धर्र्म फैलाउने अभियान व्यापक रूपमा गर्न र गाउँ-गाउँमा चर्च बनाउन, सनातन धर्मका संरक्षक राजसंस्थालाई उन्मूलन गर्न, नेपाललाई कंगाल बनाउन यहाँका उद्योग धन्दामाथि आक्रमण गर्ने, बैंकहरू लुट्ने, गाउँ-गाउँमा आतंक मच्चाएर जनतालाई विस्थापित गरी कृषिकार्यलाई ध्वस्त बनाउन, आतंक फैलाउन गाउँ-गाउँमा हत्याको शृंखला चलाउन पुष्पकमल दाहाललाई निमित्त भाडाको सेनापति र बाबुराम भट्टराईलाई सहसेनापति बनाएर पश्चिमा शक्तिले यहाँ लुटको होली खेलाए ।

उक्त दश वर्षे हिंसा र आतंकको खेलमा कुनै दलका मुख्य नेताहरू मारिएनन् । न त सेना, प्रहरीका उच्च पदस्थ अधिकारीहरू नै मारिए । अपवादको रूपमा सशस्त्रका आइजिपी कृष्णगोपाल श्रेष्ठ र उनकी पत्नीको हत्या भएको थियो । न सरकारको पक्षबाट माओवादीका ठूला नेताहरू नै मारिए । बरू बेला–बेलामा उनीहरूबीच भेटवार्ता भइरहन्थ्यो । २०६२/०६३ को आन्दोलनमा थानकोटमा सेना तथा प्रहरीमाथि आक्रमण गर्न गिरिजाबाबुले मलाई भन्नु भएको थियो भनेर पुष्पकमल दाहालले एउटा भाषणमा भनेका थिए । एकजना पूर्वमाओवादी नेता भरत दाहालले सेनाले पुष्पकमल दाहाल, बाबुराम आदि माओवादीका ठूला नेताहरूलाई सेनाको गाडीमा राखेर नेपाली सेनाले गन्तव्यमा पुर्‍याउने गथ्र्यो भनेका छन् ।

यसरी हेर्दा दश वर्षे हत्या, हिंसा, लुट, डकैतीमा सरकार, सेना, प्रहरी र दलहरूलाई इण्डोपश्चिमा शक्तिले प्रयोग गरेका थिए । दरबार हत्याकाण्ड त्यसैको सिलसिला हो । तीन वर्षअगाडि बोलेको पुष्पकमल दाहालको एउटा भनाइलाई लिएर अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ । पीडितहरूले आफूहरूमाथि भएको अन्यायको विरुद्ध न्याय खोज्नु स्वाभाविक नै हो । तर, राष्ट्रपतिको चुनाव तथा दाहालले विश्वासको मत लिनुअगाडि उनीविरुद्ध मुद्दा पर्नु संयोग कदापि हुन सक्दैन । जुन शक्तिले यति ठूलो षड्यन्त्र रचेको थियो त्यही शक्तिले आज यो मुद्दाको नाटक गराएको छ । अमेरिकी सहायक रक्षामन्त्री नेपाल आउँदा उनले पुष्पकमल दाहाललाई एमसिसीको पूरक सम्झौताको मस्यौदा उनको हातमा यसलाई पारित गर्न थमाएर गएकी थिइन् । शायद उनलाई पुष्पकमल दाहालमाथि विश्वास छैन ।

उनीहरूका लागि भरपर्दो मानिस शेरबहादुर देउवा नै हुन् । दाहालले आनाकानी गर्न सक्छन् भनेर अहिले उनीमाथि राजनीतिक मृत्युको दाम्लो झुण्ड्याएका हुन् । अदालतका न्यायाधीश जो दलहरूका कार्यकर्ताहरू छन् र विदेशी शक्तिकेन्द्रबाट सञ्चालित छन्, उनीहरूले माथिबाट आदेश नआएसम्म उक्त मुद्दाको न्यायपूर्ण फैसला गर्ने छैनन् । अहिले त्यसैले पुष्पकमलमाथि अन्तरिम आदेश जारी नगरेर कारण देखाऊ आदेश जारी गरेको छ । यसैबीच दाहाल आफू बच्न सत्य निरूपण तथा मेलमिलाप आयोगको नाममा कानुन बनाउने छन् जसलाई गठबन्धनका दलहरूले साथ दिनेछन् ।

यसको अर्को उद्देश्य हुन सक्छ, विभिन्न आठ चिरामा भएका माओवादीलाई एक ठाउँमा ल्याएर मुलुकमा आतंकको सिर्जना गर्ने । उनीहरूबाट आइरहेका धम्कीहरूले पनि यस कुरालाई पुष्टि गर्छ । उनीहरूका धम्कीहरू विशेषगरी नेत्रविक्रम चन्दको धम्कीबाट उनीहरूबाट फेरि मुलुकमा अराजकता सिर्जना गर्न चाहेको देखिन्छ जो विदेशी शक्तिकेन्द्रको ध्येय पनि हो ।

यसबाहेक विदेशी शक्तिकेन्द्रको षड्यन्त्र हो, नेपालमा भएका रोहिंगालगायत विभिन्न देशका बीस हजार शरणार्थीहरू, अमेरिकाले बाहिरबाट ओसारेर ल्याउने बीस हजार जति शरणार्थी र इण्डियाको हिमाञ्चल प्रदेशअन्तर्गत धर्मशालामा भएका शरणार्थीहरूबाट चालीस हजार शरणार्थीहरूलाई नेपालमा ल्याएर उनीहरूलाई शरणार्थी परिचयपत्र दिलाउने र पछि गएर नागरिकता प्रमाणपत्र विस्थापन गरी देशी विदेशी सबैलाई एउटा डालोमा राख्ने राष्ट्रिय परिचयपत्र दिने तथा इण्डियनहरूका लागि नागरिकता सर्वसुलभ गराउने । यी कामहरू यही गठबन्धनबाट लिइनेछ । त्यसैले तत्काल पुष्पकमल दाहालमाथिको मुद्दाको कारबाहीले बीचको बाटो लिने सम्भावना बढी छ । देउवाले तत्काल दाहाललाई विस्थापन गर्ने छैनन्, कुनै दुर्घटना न घटे । पुष्पकमल दाहाल, बाबुराम भट्टराईहरूको औचित्य जुन दिन विदेशी शक्तिकेन्द्रका लागि समाप्त हुनेछ त्यस दिन उनको अवस्था अल्बार्टो फुजिमोरीको जस्तै हुने निश्चित छ । नेपालमा न्याय नपाए हेगको बाटो खुला छ ।

पुष्पकमल दाहालको वर्तमान मानसिक स्थिति हेर्दा केन्याको स्वघोषित जिसस क्राइष्टको सम्झना आयो । उनी आफ्नो गेटअप, हाउभाउ, क्रियाकलाप आदि सक्कली जिजस जस्तो गर्दै चामत्कारिक कार्यहरू गर्ने गर्छन् । उनले आफूलाई सक्कली जिसस क्राइष्ट भएको घोषणा गरेका छन् । उनले भनेका छन् ‘म जिसस क्राइष्ट हूँ । धेरैले सोध्ने गर्छन्, म सक्कली जिसस क्राइष्ट हूँ र म तिनीहरूलाई विश्वास दिलाउँछु म नै जिसस हूँँ, केवल एउटा देशको जिसस होइन पूरै संसारको हूँ । उनले अफिम्याक्स इंग्लिस भन्ने पत्रिकामा यो अन्तर्वार्ता दिएका थिए । आफूलाई जिसस भन्ने यिनको नाम हो इलुड वेकेसा । पुष्पकमल दाहाल जस्तै यिनले पनि नाम फेरेका छन् । यिनका धेरै भक्तहरू छन् ।

उनी अचेल आफू असुरक्षित भएको महसुस गर्न थालेका छन् । किनकि उनकै समुदायका मानिसहरूले उनलाई इष्टरको दिन पुराना जिसस जस्तै क्रुसेडमा किलाकाँटा ठोकेर झुण्ड्याउने विचार पोखेका थिए । उनीहरूको धारणा अनुसार यी नयाँ जिसस पनि पुराना जिसस जस्तै झुण्ड्याइएको तीन दिनपछि मरेपछि ब्युँतिनेछन् रे । भक्तजनहरू उत्साहित हुँदै यिनलाई काँटी ठोक्न छ इन्चका किलाहरू सित्तेमा दिने तम्तयार थिए तर यी नयाँ जिससले आफू मर्ने भएपछि अहिले प्रहरीको सुरक्षा मागेका छन् । हाम्रा जिससका भक्त पुष्पकमल दाहालले पाँच हजार मानिसको हत्या गरेको जिम्मा लिए तर अहिले फन्दामा परेपछि चारैतिर गुहार्दै छन् । हाम्रा नेतामा राष्ट्रिय स्वाभिमान छैन न त राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमसत्ताप्रति संवेदनशील बन्ने भावना । सत्ताको राजनीतिबाहेक यिनीहरूको कुनै अभीष्ट छैन । यही सत्ता प्राप्तिका लागि यिनीहरूले नेपाललाई विदेशीको अघोषित उपनिवेश बनाएका छन् । हालसालै फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्राले कंगोमा पुगी पत्रकार सम्मेलनमार्फत त्यहाँका राष्ट्रपतिलाई स्वतन्त्रता, मानव अधिकार र प्रजातन्त्रको अर्ती दिइरहेका थिए ।

हाम्रा नेतामा राष्ट्रिय स्वाभिमान छैन न त राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमसत्ताप्रति संवेदनशील बन्ने भावना । सत्ताको राजनीतिबाहेक यिनीहरूको कुनै अभीष्ट छैन । यही सत्ता प्राप्तिका लागि यिनीहरूले नेपाललाई विदेशीको अघोषित उपनिवेश बनाएका छन् ।

कंगोका राष्ट्रपति सिसेकेडीलाई उनको अर्ती उपदेश मन नपरेपछि औंंला ठड्याउँदै फ्रान्सका राष्ट्रपतिलाई भनेका थिए, तिमी युरोपियनहरू पहिला आफ्नो बारेमा सोच, तिमीहरूको व्यवहार र बोली फेर्न आवश्यक छ, आफूलाई हामीभन्दा विशेष तथा उच्च ठान्ने बानी त्याग्न आवश्यक छ, हामीसँग समानता र शिष्टताको व्यवहार गर्न सिक । के नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा नेताहरूमा विदेशी शक्ति राष्ट्रसँग आफ्नो शिर स्वाभिमानले ठाडो पार्दै उनीहरूतिर औंला तेस्र्याएर यस्तो भन्ने हिम्मत छ ? कदापि छैन । सत्ताका लागि गुलामी मन पर्नेहरूमा स्वाभिमान हुँदै हुँदैन । उनीहरू आफू पनि विदेशीका गुलाम बन्छन् र जनतालाई पनि आफ्नो गुलाम बनाउँछन् । रामचन्द्र पौडेलले राष्ट्रपति भएपछि सन् १९१६ मा जगदम्बाप्रसाद मिश्र ‘हितैषी’ ले लेखेको कविताको दुई पंक्ति पढेको थिएँ–‘शहीदों की चिताओं पर लगेंगे हर बरस मेले, वतन पर मरनेवालों का यही बाँकी निशाँ होगा ।’ आफूले पढेको कविता जस्तै के यिनी बन्न सक्लान् ? कदापि सक्दैनन् ।

अहिले दुर्गा प्रसाईको आन्दोलन जे जस्तो गतिमा भए पनि अगाडि बढेको छ । नेपाली जनता पनि नेता जस्तै भएकाले देशले निकास पाएको छैन, आगामी दिनमा उनले सशक्तरूपमा आन्दोलन बढाउने निर्णय गरेका छन् । यसलाई भाँजो हाल्न आठ टाउके माओवादी अहिले जोडिएका छन् । हुन त दाहालमाथिको मुद्दाले उनीहरू भयभीत भएर एक हुन बाध्य भएका हुन् । आज दाहाललाई लाग्ने मुद्दा भोलि उनीहरूमाथि पनि लाग्न सक्छ भन्ने डर छ उनीहरूलाई । यो एकता डरको परिणाम हो । अब उनीहरूले पनि सडक आन्दोलन गर्ने भनेको दुर्गा प्रसाईको आन्दोलनलाई भाँड्न हो । विदेशी शक्ति एमालेको अनुकूल नभएकाले भविष्यमा ऊ सत्तामा जान गाह्रो छ, गई हाल्यो भने पनि टिकाउ हुने छैन । जबसम्म ऊ विदेशी शक्तिको अगाडि लम्पसार परेर उनीहरूका हरेक शर्त मान्न तयार भएर आफूलाई उनीहरू सामु समर्पण गर्दैन तबसम्म ऊ सत्तामा टिकिरहन सक्ने छैन । अब विदेशीको गुलामी गर्ने कि राष्ट्रिय स्वतंत्रताको आन्दोलनमा एकाकार हुँदै नेतृत्व आफूले लिने ?

ऊसँग दुईवटा बाटा छन्, एउटा विदेशीहरूको अगाडि आत्मसमर्पण गर्दै सत्तामा जाने अर्को राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा सहभागी हुने । राप्रपाले यो जुनीमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्छु भन्नु दिवास्वप्न हुनेछ । त्यसैले आफ्नो लक्ष्य सही हो भने ऊ पनि सामूहिक नेतृत्वको आधारमा आन्दोलनमा सरिक हुनुपर्छ । देश विदेशीको क्रीडा मैदान भएको छ । देश जोगाउन सबै एकजुट हुनुको विकल्प छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?