धनुषामा आँप उत्पादन बढ्ने अनुमान

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । हाल मौसममा देखिएको अनुकुलता तथा बढी मात्रामा आँपको रुखमा मन्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ९७० हेक्टर क्षेत्रफलमा आँप खेति गरेकोमा २२ हजार ७५० मेट्रिक टन आँप उत्पादन भएको थियो ।

तर, यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यहि अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताउनुभयाे ।

गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, बटेशर गाउँपालिका आँप उत्पादनको पकेट क्षेत्र घोषणा गरिए पनि जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको छ ।

जिल्लामा खास गरि, मालदह, बम्बै, दसहरि, मलिका, कलकतिया, अम्पालीलगायतका विकसित आँप उत्पादन हुने गरेको छ  र यहाँ उत्पादित आँप पोखरा वीरगञ्ज, काठमाडौं, नारायणघाट, बुटबललगायतका ठाउँमा बिक्रीका लागि जाने गरेको किसानहरूको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?