नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएः पूर्वमन्त्री शाह

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । पूर्वमन्त्री गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महशुस भइरहेको बताउनु भयो । उहाँले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु भयो पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीत, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुगमन कार्य इकाई, खाद्य, ट्राफिक जति पनि होस्, त्यसको अनुगमन कार्य इकाईहरु कमजोर भएको जस्तो लाग्यो । उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक छ । ऐन नबनेपनि ऐनको परिमार्जन गरौँ । इलिगल स्टाटस, ऐन, कानून, नियम, नियमावलीको वृहत छलफल गरेर संशोधन गर्नुपर्छ ।’

त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकुल बनाउँदै लैजानुपर्नै बताउनु भयो । उहाँले सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरी विकट स्थानका नागरिकहरुले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानून संशोधन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले डिजिटल माध्यमहरुलाई छिटो भन्दा छिटो एडप्टेशन गर्नुपर्छ । जति छिटो गर्नसक्यो, क्षेत्र बिस्तार हुन्छ । डिजिटल कन्टेन हामीले छिटो भन्दा छिटो एडप्टेशन गराउनुपर्छ । सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजानुपर्ने हुन्छ । इन्टरनेट सेवामा धेरै ल्याप्सेसहरु छ, त्यसको सुधार आवश्यक छ । सेवाको गुणस्तरमा एकदमै विचार गर्नुपर्नेछ । टेक्नोलोजीमा मर्काको बिरुद्ध उजुरीको कुरा छ । त्यो कस्तो बनाइयो भने मुगुको मान्छेले पनि जमलमा आएर उजुरी गर्नुपर्ने बनाइयो त्यो कानून संशोधन गर्न जरुरी छ । संघीयता गइसकेपछि हामी त्यसको सेवा पनि बिस्तार गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह गर्न दूरसञ्चार प्राधिकरणले आफ्नो भुमिका खेलिरहेको बताउनु भयो । उहाँले प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकास निर्माणका कामहरु पनि भएका छन् । पूर्वाधार पनि बनेका छन्, नयाँ प्रविधिमार्फत सेवाहरु पनि प्रवाह भएका छन् । तर हामीले त्यसलाई विश्व उपभोक्ता अधिकार दिवस मनाउँदा मात्रै कन्जुमरलाई समेट्छौं की अन्य बेलामा पनि गर्नुपर्छ ? त्यो विषयमा सोच्नुपर्छ । प्राधिकरणले उपभोक्ताको अधिकारको सवालमा सक्दो काम गर्दै आएको छ । उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गरिरहेको छ । सरकार र उपभोक्ताहरुसँग समन्वय गरिरहेको छ । नयाँ प्रविधि र सेवाको बिस्तारमा प्राधिकरण आफ्नो हिसावले लागि परेको छ ।’

निर्देशक घिमिरेले प्राधिकरणले उपभोक्ताहरुलाई सुसुचित गराउने, शिक्षित बनाउने, छनोटको अधिकार दिलाउने कामहरु गर्दै आएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?