काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गर्नुभएको हो ।
उहाँलाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ।
पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका