स्ववियु निर्वाचन : विद्यार्थीले धवलागिरि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई कार्यकक्षमै थुने

फाईल तस्बिर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 3 mins

बागलुङ । धवलागिरि बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको विवाद चुलिएको छ । निर्वाचनकालागि दर्ता भएको एक विद्यार्थी समूहले क्याम्पस प्रमुख सहितका टोलीलाई सोमबार साँझ कार्यकक्षमा थुनेका छन् ।

तोकिएको मनोनयन तालिकामा प्रकृया नथालेको भन्दै क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय र निर्वाचन अधिकृत भक्तीराम न्यौपानेसहितको समूहलाई कार्यकक्षमै विद्यार्थी समूहले थुनेको हो ।

सुजन सापकोटा संयोजक रहेको संयुक्त विद्यार्थी समूहले आफूसहित निर्वाचन अधिकृत र व्यवस्थापन समितिको अध्यक्ष सहितका व्यक्तिलाई छलफल चलिरहेको समयमा बाहिरबाट ताला लगाइएको क्याम्पस प्रमुख डा. राम प्रसाद उपाध्यायले मार्फत बताउनुभयाे । उहाँले विद्यार्थीको मागका विषयमा छलफल भइरहेको बताउँदै आफूहरुलाई कर्यकक्षमा थुनेर समस्या समाधान नहुने बताउनु भयाे ।

क्याम्पस प्रमुखको कार्यकक्षमा व्यवस्थापन समितिका अध्यक्ष दिनबहादुर थापा पनि थुनिनुभएकाे छ । थुनिनेमा निर्वाचन समितिका पदाधिकारी पनि रहेको बताइएको छ ।

शुक्रवार मनोनयन पत्र वितरण र शनिवार मनोनयन दर्ता गर्नुपर्नेमा अझैसम्म निर्वाचन समितिले म्याद थपेर काम नगरेको आरोप विद्यार्थी संगठनको छ । सोही बिषयमा छलफल चलिरहेको बेला बिद्यार्थीले कार्यकक्षमा ताला लगाएका थिए ।

केही दिन अघि अखिल क्रान्तिकारी सहितका केही विद्यार्थी संगठनले सबै मतदाताको एकैप्रकारको परिचयपत्र बनाउनु पर्ने, फर्जी बिद्यार्थी भर्ना भएकोमा मतदाताबाट हटाउनु पर्ने माग गरेर निर्वाचन कार्यालयमा ताला लगाएका थिए । सोमबार दिउसो ४ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने समय बढाइएकोमा कुनै निर्णय नदिएपछि उनीहरुले ताला लगाएका थिए ।

सोमबार बेलुकी ७ बजेसम्म प्रमुख उपाध्याय र निर्वाचन अधिकृत न्यौपाने थुनिनुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?