अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमताका तीन वटा पनडुब्बी खरिद गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति भएको हो । सो सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका तीन वटा पनडुब्बी खरिद गर्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी दिएका हुन् । अष्ट्रेलियाले सन् २०३० भित्र अरु दुई वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ ।

अष्ट्रेलियाले खरिद गर्ने ति पनडुब्बी नयाँ पुस्ताको हतियार बाहक हुने र त्यसले क्षेत्रीय शक्ति सन्तुलन बनाएर राख्ने अमेरिकाको दावी छ ।

इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि डेढ वर्ष अघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका तीन देशले नयाँ सुरक्षा सम्झौता गरेका हुन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?