ललितपुर हस्तकला संघको साधारणसभा

Read Time = 1 min

ललितपुर । ललितपुर हस्तकला संघको १६औँ वार्षिक साधारणसभा नेवा भ्वय छेमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रम ललितपुर-२ का सांसद प्रेम महर्जनले उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य, ललितपुर महानगरपालिका-८ का वडाध्यक्ष बाबुरत्न महर्जन, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष मनोज न्याच्छौं, हस्तकला महासंघका पूर्वअध्यक्ष इन्द्रबहादुर शाक्य, महासंघका पूर्वअध्यक्ष धर्मराज शाक्य, बागमती हस्तकला संघका अध्यक्ष नवीन शाक्य, ललितपुर हस्तकलाका निवर्तमान अध्यक्ष बिसराम सिंह महर्जनलगायतको उपस्थिति थियो । सो अवसरमा ललितपुर हस्तकला संघका अध्यक्ष रमेशसिंह महर्जनले संघका गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?