युक्रेन युद्धका कारण सन् २०२२ मा युरोपेली हतियारको आयात दोब्बर

Read Time = 2 mins

स्टकहोम । विश्वको तेस्रो ठूलो गन्तव्य बनेको युक्रेनमा ठूलो परिमाणमा हतियार ढुवानी भएपछि सन् २०२२ मा युरोपमा हतियारको आयात झण्डै दोब्बर भएको अनुसन्धानकर्ताले बताएका छन् । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार पोल्याण्ड र नर्वेलगायत युरोपेली मुलुकले सैन्य खर्च बढाएका कारण आयातमा पनि वृद्धि भएको हो । आयातको दर अझै बढ्ने प्रक्षेपण गरिएको छ ।

‘आक्रमणका कारण युरोपमा हतियारको मागमा उल्लेखनीय वृद्धि भएको छ, जसले थप प्रभाव पार्नेछ र सम्भवतः युरोपेली देशहरूले हतियारको आयातमा थप वृद्धि गर्नेछन्’, एसआइपीआरआईका वरिष्ठ अनुसन्धाता पिटर वेजेम्यानले एएफपीलाई बताउनुभयो ।

गत वर्षसम्म हतियारको आयातकर्ताको हिसाबले युक्रेन नगण्य आयातकर्ता रहेको थियो । रूसको आक्रमणपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार वितरण र आपूर्ति गरेका कारण सन् २०२२ मा यो कतार र भारतपछि विश्वको तेस्रो ठूलो हतियार गन्तव्य बनेको थियो ।

सिप्रीको तथ्यांकअनुसार युक्रेनले मात्र युरोपमा ३१ प्रतिशत हतियार स्थानान्तरण गरेको छ भने विश्वमा आठ प्रतिशत हतियार वितरण गरेको छ । आयात र सहयोगसहित युक्रेनको हतियार आपूर्तिमा गत वर्ष ६० गुणाभन्दा बढीले वृद्धि भएको इन्स्टिच्युटले जनाएको छ । युक्रेनमा भएका हतियार आपूर्ति मुख्यतया भण्डारबाट उठाइएका हतियारहरू थिए ।

तीमध्ये अमेरिकाका करिब २३० तोपहरू थिए । २८० पोलिश बख्तरबन्द वाहन र सात हजारभन्दा बढी ब्रिटिश एन्टी–ट्यांक मिसाइल साथै एन्टी–एयरक्राफ्ट सिस्टम जस्ता नयाँ निर्मित हतियार रहेका थिए । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?