कूल मन्दिर निर्माण

हिमालय टाइम्स
Read Time = 1 min

पोखरा । कास्कीको पोखरा महानगरपालिका-२८ स्थित माझठानामा कूल मन्दिर निर्माण गरिएको छ । अमेरिकामा रहँदै आउनुभएका कृष्ण सुनारले आफू जन्मेको ठांउँमा करिब आठ लाख रुपैयाँ लागतको निजि खर्चमा मन्दिर निर्माण गर्नुभएको हो । कृष्णले आफ्ना परम पिता र माताको स्मृतिमा आफू जन्मेको ठांउँ पोखरा महानगरपालिका-२८ माझठानामा उक्त मन्दिर निर्माण गर्नुभएको हो ।

स्वर्गीय पिता दलबहादुर विश्वकर्मा र माता मंगली विश्वकर्माको सम्झना तथा सम्मानमा मन्दिर बनाएको उहाँले जानकारी गराउनुभयो । उक्त मन्दिर निर्माणका लागि हरि शमशेर सुनार भक्त सुनार र खेम सुनारले जग्गा उपलब्ध गराउनुभएको थियो । नन्दराज सुनार र कुमार सुनारलेसमेत मन्दिर निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुभएको कृष्णले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?