यस्तो छ तपाईंको चैत १ गते बुधबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत्र १ गते बुधबार, ई.सं १५ मार्च, २०२३ । तिथि- चैत्र कृष्णपक्ष अष्टमी, नक्षत्र- मूल, योग- सिद्धि, करण- कौलव, चन्द्रराशि- धनु, सूर्योदयः ६ः१६, सूर्यास्तः १८ः११ ।

मेष : ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला ।

वृष : मिहिनेतले सफलताको उचाइमा पुर्‍याउनेछ ।

मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।

कर्कट : खर्चिलो कामले ऋणभार बढाउन सक्छ ।

सिंह : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।

कन्या : संघर्षको दौडमा प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

तुला : कामबाट नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ ।

वृश्चिक : परिश्रमको तुलनामा न्यून कर्मफल प्राप्त हुने समय छ ।

धनु : पद तथा जिम्मेवारी प्राप्त हुने बलियो सम्भावना छ ।

मकर : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कुम्भ : मन आनन्द प्राप्तिका लागि आकर्षित बन्नेछ ।

मीन : स्थायीभन्दा अस्थायी पेसाबाट बढी फाइदा हुने समय छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?