फेरिएको राजनीतिक परिदृश्य र पौडेललाई बधाई

हिमालय टाइम्स
Read Time = 7 mins

राजनीतिमा हतास बन्नु हुँदैन भन्ने उदाहरण बन्नुभएको छ नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल । धैर्यकै कारण हालै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्न सफल हुनुभएको छ । राष्ट्रपति नेपालको सर्वोच्च पद हो तथापि यो कार्यकारी होइन । आलंकारिक पद भए पनि यस पदको सबैभन्दा बढी सम्मान छ । यस कारण दलहरूबीच उक्त पदका लागि तानातान पनि भएको थियो । संसदीय निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुरानो गठबन्धन त्यागेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ गठबन्धन गर्न पुग्नुभएको थियो तर राष्ट्रपति नेपाली कांग्रेसलाई दिने उहाँको अडानले गर्दा उक्त गठबन्धन दुई महिनामै टुट्न पुग्यो ।

परिणामतः नयाँ गठबन्धन बन्न पुग्यो र राष्ट्रपतिमा नेपाली कांग्रेसकै पक्षमा समीकरण तयार गर्नतर्फ उहाँ लाग्नुभयो । नेपाली कांग्रेसभित्रै राष्ट्रपति पदका आकांक्षीहरू अरू पनि थिए तर पौडेलको त्याग इमानदारी र योगदानको कदर गर्दै सबैले अन्ततः उहाँलाई समर्थन गरेकै कारण गत फागुन २५ गते सम्पन्न निर्वाचनबाट नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभयो । यो अपेक्षित परिणाम नै थियो । नेकपा एमालेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ पनि योग्य उम्मेदवार त हुनुहुन्थ्यो तर उहाँलाई नेपाल कम्युनिष्ट पार्टी एमालेबाहेक अरू पार्टीको समर्थन थिएन । त्यसैले अत्यन्त धेरै मतभारका साथ पौडेल राष्ट्रपति टपदमा विजयी बन्न सफल हुनुभयो ।

नेपालको सबैभन्दा उच्च पद राष्ट्रपतिको नै हो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव प्रधानसेनापति रुक्माङ्गत कटवाल सन्दर्भमा सामान्य विवादमा पर्नुभएको थियो जुन त्यसबेला सान्दर्भिक देखिएको थियो । यसैगरी गणतन्त्र नेपालको उहाँपछिको कार्यकालमा राष्ट्रपति बन्नुभएकी विद्यादेवी भण्डारी भने पटकट-पटक विवादमा तानिइरहनुभयो । उहाँले पार्टीको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गर्नुभएर आपूmलाई कार्यकारी भूमिकामा उभ्याउनुभयो । मन्त्री, उपप्रधानमन्त्री, सभामुखलगायतका उच्च पदको जिम्मेवारीमा रहिसक्नु भएका रामचन्द्र पौडेल सादगी नेता मानिनु हुन्छ । उहाँले पदीय जिम्मेवारीको दुरुपयोग र भ्रष्टाचार गर्नुभएका समाचार सार्वजनिक भएनन् ।

शान्ति प्रक्रियापछि तत्कालीन नेकपा एमालेका नेता माधव नेपाललाई नेपाटली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनाटइएको थियो तर पौडेललाई प्रधानमन्त्री बन्नबाट नेकपा एमालेले नै १७ पटकसम्म उहाँको बाटो छेक्यो । संसदीय प्रणालीको सबैभन्दा प्रमुख अवयव भनेको निर्वाचन हो तर संसद्मा कतै पनि मत नदिई एमाले तटस्थ बसेका कारण पौडेलको बाटो छेकिएको थियो । अहिले उहाँ राष्ट्रपति जस्तो गरिमामय पदमा पुग्नुभएको छ जुन उहाँका लागि अत्यन्त उचित पद हो । गत फागुन २९ गते निवर्तमान राष्ट्रपति भण्डारीले शीलतनिवासबाट बिदाइ लिनुभएको छ र नयाँ राष्ट्रपति पौडेलले पदभार ग्रहण गर्नुभएको छ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा धेरै विवादास्पद कार्यहरू भएका थिए ।

तत्कालीन प्रधानमान्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पटक-पटक विघटनको सिफारिश गर्नुभएको थियो र राष्ट्रपतिबाट सदर गरिएको थियो । उहाँले संसद्बाट पारित भएर स्वीकृतिका लागि उहाँसमक्ष पेश भएको नागरिकता विधेयक पुनः संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नियुक्त हुनुभएपछिको शपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई बधाईसमेत दिनु भएन । यस अर्थमा उहाँले एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गर्नुभएको देखिन आएको थियो । यति हुँदाहुँदै पनि उहाँको कार्यकालमा सयौं गर्भवती महिलाहरूको उद्धार, कोभिडविरुद्धको खोपका लागि पहल, कलासंस्कृतिको संरक्षणमा उल्लेखनीय भूमिकालगायत केही राम्रा काम भएका भनेर मूल्यांकन गर्ने गरिएको छ ।

पौडेलको शपथ ग्रहण र शीलतनिवास प्रवेशले आमप्रजातन्त्रवादी तथा विवादरहित सोच बनोस् भन्ने कामना गर्नेहरूमा खुशीको सञ्चार गरेको छ । पौडेलले प्राप्त गर्नुभएको यो नेपालको संविधान अनुसारको सबैभन्दा उच्च पद प्राप्तिबाट उहाँमा सम्भावना देख्नेहरू उत्साहित हुनु स्वाभाविक हो । त्यसकारण सबैको अपेक्षा र सोचअनुसार सबैलाई सन्तुलित बनाएर उहाँले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने हुन्छ । उहाँले उहाँको आफ्नो सादगी राजनीतिलाई कायम राख्न सक्नुपर्छ । उहाँको कार्यकाल विवादरहित बनेर बितोस्, विवादित र राष्ट्रलाई हिन नगर्ने कामहरू नहून् । सफलताका लागि गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?