इस्लामाबाद । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई गिरफ्तार गर्ने प्रहरीको तेस्रो प्रयास असफल भएको छ ।
मिसन ईमरान ‘अरेस्ट’ अभियानका साथ मंगलबार तेस्रोपटक खानलाई पक्राउ गर्न निवासमै पुगेको इस्लामावाद प्रहरी रित्तो हात फर्किएको हो ।
तोसाखाना मुद्दामा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेपछि खानका समर्थकहरूको उत्तेजित भीडले प्रतिकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन भने लाहोरमा हिंसा भड्किएको छ।
प्रमुख प्रतिपक्षी दल तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले प्रहरीले पक्राउ गर्न खोजेपछि मंगलबार सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए।
इस्लामावाद प्रहरी र रेन्जर्स कमाण्डो खानलाई पक्राउ गर्न उनको घर जमान पार्कमा पुगेपछि समर्थकहरूले निरन्तर सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए। दुई पक्षबीचको झडपमा इस्लामावादका केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच