लागुऔषधसहित २ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

मोरङ । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ७८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने ३० वर्षीय जंगमनी मगर समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित बागमती पुल नजिकै वेवारिसे झोलाबाट करिब ५ केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी पौराईबाट खटिएको प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?