अरुण र सुभेक्षाद्वारा अभिनित चलचित्र ‘प्रेमा’ चैत्र १७ गतेबाट प्रदर्शन हुने

Read Time = 2 mins

काठमाडौं । चलचित्र प्रेमा को विशेष पत्रकार सम्मेलन भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको बारेमा विशेष जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अरुण क्षेत्रीले फिल्म लकडाउनका बेलामा नै सुटिङ गरेको बताउनु भयो । उहाँले फिल्म राम्रो रहेको र सबैले हेर्नुपर्ने फिल्म रहेको बताउनु भयो ।

उहाँले फिल्मबाट धेरै कुरा सिकेको बताउनु भयो । त्यस्तै प्रेमाकी अभिनेत्री सुवेक्षा खड्काले आफ्नो लागि प्रेमा फिल्म इमोशन जोनी भएको बताउनु भयो । उहाँले कोरोनाको बेलामा यस्तो फिल्ममा काम गर्न पाउनु राम्रो रहेको बताउनु भयो । उहाँले सबैले फिल्म हेर्न जान आग्रह गर्नुभयो । कलाकारले आफ्नो तर्फबाट सकेको अभिनय गरेको बताउनु भयो ।

चलचित्र चैत्र १७ गतेबाट देशभर प्रदर्शन हुनेछ । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारी हुनुहुन्छ । फिल्ममा अभिनेता क्षेत्रीसँगै अभिनेत्री खड्का, श्रृष्टि श्रेष्ठ, विमला केसी, पुरन जोशी, हिउनवाला गौतम, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, मोहन थापा, सुरेन्द्र बसेल, विभाना थपलिया लगायतका कलाकारको अभिनय रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?