टोकियो । जापानमा युट्युबरका रूपमा प्रख्यात भएपछि सांसद बन्नुभएका एक नेतालाई निष्काशन गरिएको छ । सांसद निर्वाचित भएपछि एक दिन पनि सदनमा उपस्थिति नहुनुभएका उहाँलाई मंगलबार संसद्बाटै निष्काशन गरिएको हो ।
गएको जुलाईमा निर्वाचित योशिकाजु हिगाशितानी अनिवार्य रूपमा उपस्थित हुनुपर्ने संसदीय बैठक एवं अधिवेशनमा एकपटक पनि उपस्थित नभएपछि निजलाई जापानको माथिल्लो सदनले मंगलबार निष्कासन गरेको हो । सदनको उक्त निर्णय बुधबारदेखि लागू भएको छ ।
गासी उपनामले चिनिने योशिकाजु ७० वर्षपछि जापानको संसद्बाट निष्कासित हुने पहिलो सांसद हुनुभएको छ । यसअघि, सदनले उहाँलाई महिनौं लामो अनुपस्थितिका लागि क्षमायाचना गर्न आदेश दिएको थियो । तर, उहाँले त्यसको बेवास्ता गर्नुभएको थियो । ५१ वर्षीय उहाँको दलबाट दुईजना सांसद निर्वाचित छन् । उहाँ निष्काशित भए पनि अर्को एक सदस्यले उहाँको स्थानमा काम गर्नेछन् ।
जापानको सार्वजनिक प्रसारण संस्थामा परिवर्तनको अभियान चलाएको उहाँको दल एनएचके पार्टीका रूपमा परिचिति थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच