‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि

Read Time = 1 min

काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आज (बिहीबार)देखि सञ्चालनमा आउने भएको छ । हास्य अभिनेता जितु नेपाल (मुन्द्रे)ले ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आजदेखि प्रसारणमा आउन ल्याउन लाग्नुभएको हो । आजदेखि हरेक बिहीबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा यो शो प्रशारणमा आउनेछ ।

युट्युबमा भने ओएसआर डिजिटलमार्फत यो शो सार्वजनिक हुने बताइएको छ । यस सिजनमा अध्यक्षमा अभिनेत्री प्रियंका कार्की हुनुहुन्छ भने निर्देशकमा दिनेश डीसी रहनुभएको छ । त्यस्तै कलाकारहरूमा दमन रूपाखेती, राजेन्द्र नेपाली, प्रभात लामालगायत हुनुहुन्छ । निर्माण टिमले पहिलो भागको प्रोमो सार्वजनिक गरेको छ । पहिलो भागमा युवास्टार अभिनेता प्रदीप खड्का अतिथि बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?