स्ववियु निर्वाचन : आज राति १२ बजेपछि प्रचारप्रसार गर्न नपाइने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । स्ववियु निर्वाचनका उम्मेदवारहरूले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूले आ-आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका थिए ।

तर स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीबार प्रचारप्रसारको अन्तिम दिन हो । उम्मेदवारले आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ । प्रचारप्रसार गर्न रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो ।

स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१ र अखिल क्रान्तिकारीले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?