यूएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएकाे हाे ।

खेलमा टस जितेर ब्याटिङ रोजेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो ।

यूएईका आसिफ खानले बिष्फोटक शतक प्रहार गर्दै अविजित रहे । उनले ४२ बलमा ११ छक्का र ४ चौकाको मद्दतमा १०१ रन बनाएका थिए । भृत्य अर्विन्ददे १ सय ३८ बलमा २ छक्का र ८ चौकाको मद्दतमा ९४ रन बनाएर आउट भए । रोहन मुस्तफाले २० रन बनाए भने कप्तान मोहमद वासिमले ६३ रनमा आउट भए । उनले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे । उनलाई सन्दीप लामिछानेले एलबीडब्लू आउट गराएका थिए ।

लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ । जसमा समान छ खेलमा जित र हार छ । नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ ।

नेपालले केही बेरमा ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?