सिन्धुलीमा सवारी दुर्घटना, घाईते तीन जनालाई उपचारका लागि काठमाडौं लगियो

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 3 mins

सिन्धुली । सिन्धुलीको छुट्टा छुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् । तीनपाटन गाउँपालिका–२ गैरी र बीपी राजमार्गअन्तर्गत रहेको कमलामाई नगरपालिका–२ मा अवस्थित पौवागढी नजिकै भएको दुर्घटनामा घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) तथा प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालका अनुसार गैरीमा भएको सवारी दुर्घटनाका सख्त घाइते मोटरसाइकल चालक कमलामाई नगरपालिका–७ रामपुरका २५ वर्षीय तेजबहादुर सिंजालीलार्ई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको हो । सिन्धुलीमाडी–चकमके सडक अन्तर्गत आम्बोटबाट सदरमुकामतर्फ आउँदै गरेको जीप र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल बिहीबार एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनापछि फरार रहेका जीपका चालकको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै बीपी राजमार्गअन्तर्गत रहेकोे कमलामाई नगरपालिका–२ पौवागढी नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको स ५ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उत्त दुर्घटनाबाट चालक सिरहा कर्जन्हा नगरपालिका–१० का ३६ वर्षीय खलिल मन्सुर र सोही ठाउँका २३ वर्षीय एजाद खान घाइते भएका डिएसपी दाहालले जानकारी दिनुभयो ।

दुर्घटना हुँदा पछाडि बसेका खान भीरबाट एक सय ५० मिटर तल खसेकाले गहिरो चोट लागेको छ । चालक मन्सुरको दुवै खुट्टा र हातमा चोट लागेको छ । उहाँहरुलाई पनि सिन्धुली अस्पतालमा प्राथमिक उपचार गराएर थप उपचारको लागि काठमाडौं पठाइएको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?