शीर्ष स्थानमा उक्लियो सातदोबाटो, बराबरीमा हिमालयन र संकटा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । रोयल ब्लु सातदोबाटो युथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा बिहीबार एफसी खुमलटारलाई २-१ गोल अन्तरले हराउँदै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोको जितमा दिपक सिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक एक गोल गर्नुभयो । खुमलटारका राजिब लोप्चनले एक गोल फर्काउनुभयो । खेलको १३ औं मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । २५ औं मिनेटमा दिपकले गोल गर्दा सातदोबाटो २-० ले अघि रह्यो । त्यसपछि खेलको ६३ औं मिनेटमा खुमलटारका राजिबले गोल गरेपनि सातदोबाटो २-१ ले विजयी भयो ।

शीर्ष स्थानमा उक्लिएको सातदोबाटोको यो चौंथो जित हो । सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ । खुमलटारले पाँच खेलमा ६ अंक जोडेको छ । तेस्रो हार व्यहोरेको खुमलटार सातौं स्थानमा रहेको छ । खुमलटार आठौं स्थानमा रहेको छ ।

यता, हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । हिमालयनको यो दोस्रो बराबरी हो ।

यस बराबरीसँगै हिमालयनले पाँच खेलमा पाँच अंक जोडेर ११ औं स्थानमा रहेको छ । हिमालयन दशौँ स्थानमा रहेको छ । संकटाको यो तेस्रो बराबरी हो । संकटाले पाँच खेलमा ६ अंक जोडेको छ । संकटा सातौं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?