ओलम्पिक छनोट खेल्ने नेपाली टोलीको घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महिला फुटबलको एसिया छनोटको पहिलो चरणअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपालको महिला टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार ओलम्पिक छनोट खेल्ने २२ सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो । नेपाली टोलीमा सिर्जना चेम्जोङले पहिलोपटक टोलीमा स्थान बनाउनुभएको छ ।

घोषित नेपाली टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषानाथ, डिफेन्डरमा समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत र अनिता केसी, फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, निर्मला विक हुनुहुन्छ ।

छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल साँझ ६ बजे सुरु हुनेछन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो ।

समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थिए । तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका थिए । छनोटका शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?