पाख्रिनको निर्देशनमा पल र कलाको अनस्क्रिन रोमान्स

Read Time = 1 min

काठमाडौं । पल शाह र कला राईको अभिनय रहको ‘तिमीसँगै’को गीतको भिडियो सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको रचनामा तयार पारिएको यो गीतको भिडियो ओेएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो ।

दिनेश पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा जनक कार्की नृत्य निर्देशक छ । रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत, राजु कार्कीको एरेन्ज र प्रकाश मिश्रको मिक्सिङ छ ।

प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा राम केसीको छायांकन छ भने सम्पादन, कलर र भीएफएक्स टेकेन्द्र शाहको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?