‘बुलाकी’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी वैशाख १ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको हो । तीन मिनेट १० सेकेण्ड लामो ट्रेलरमा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढाबलाई प्रस्तुत गरिएको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यो चलचित्रलाई टोपेन्द्र विष्टले निर्माण गर्नुभएको हो । चलचित्रमा सुरक्षा पन्तका साथमा अभिनेता नरेन खड्का र विराज विष्ट शीर्ष भूमिकामा हुनुहुन्छ । यस्तै, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईंलगायतका कलाकारको चलचित्रमा अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व. मोती विष्टको प्रस्तुति रहेको चलचित्रलाई शिव ढकालले खिच्नुभएको हो । अर्जुन जिसीको सम्पादन रहेको चलचित्र डोल्पा, जाजरकोट र रुकुम पश्चिमका विकट ठाउँमा खिचिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?