नेपाल लाइफको नयाँ क्यालेण्डर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख सञ्चालन अधिकृत ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्तरूपमा क्यालेण्डरको अनावरण गर्नुभएको हो ।

करिब २२ वर्षदेखि नेपालीको घरदैलोमा जीवन बीमासम्बन्धी सेवा प्रवाह गर्दै आएको कम्पनीको २०७९ पुससम्म लगानी १५६.४४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्ब र सेयरधनी कोष नौ अर्ब ५२ करोडभन्दा बढी रहेको छ । साथै कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने २१ बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?