काठमाडौं । रिपोर्टर्स क्लब नेपालले रजत महोत्सव मनाएको छ । क्लबले काठमाडौंमा बिहीबार र शुक्रबार विभिन्न कार्यक्रम गरी आफ्नो रजत महोत्सव मनाएको हो । क्लबले शुक्रबार आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव (रजत महोत्सव) का अवसरमा आयोजित विशेष समारोहमा विभिन्न पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट प्रदान गरेको छ ।
जननेता मदन भण्डारीको नामबाट स्थापित एक लाख राशिको मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस डटकमका प्रधान-सम्पादक मात्रिका पौडेललाई प्रदान गरिएको छ । नेपालको आर्थिक क्षेत्रको सम्मानित व्यक्तित्व स्वर्गीय तेजेन्द्र खड्का र सुन्तली खड्काको नामबाट स्थापित तेजेन्द्र-सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार-२०७९ बाट आर्थिक अभियान राष्ट्रिय दैनिक एवं न्यु बिजनेस एज (मासिक) का प्रधान-सम्पादक मदन लम्साललाई प्रदान गरिएको छ । पत्रकार लम्सालले उक्त पुरस्कारबाट प्राप्त राशि एक लाख रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्नुभएको छ । सभामुख देवराज घिमिरेमार्फत् आविष्कार केन्द्रका वरिष्ठ चाटर्ड एकाउन्टेन्ट हरि सिलवाललाई प्रदान गरिएको थियो ।
यस्तै, क्लबले शहीद जगतप्रकाशजंग शाहको स्मृतिमा स्थापित २५ हजार रुपैयाँ राशिको शहीद जगतप्रकाशजंग शाह स्मृति पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका अन्तर्राष्ट्रिय शाखाका प्रमुख शरदचन्द्र भण्डारीलाई दिएको छ ।
त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिराज धमलाका स्वर्गीय माता-पिताको नामबाट स्थापित पुरस्कार कुलप्रसाद/चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार रातोपाटी डटकमका समाचार सम्पादक राजकुमार सिग्देललाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।
यस्तै, क्लबले स्वर्गीय पत्रकार कृष्णसेन इच्छुकको नामबाट स्थापित २५ हजार रुपैयाँ राशिको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष वरिष्ठ पत्रकार लक्ष्मी पुनलाई प्रदान गरेको छ । पुन द वाकर अनलाइन डटकमकी सम्पादक हुनुहुन्छ ।
त्यस्तै, क्लबले स्वर्गीय फोटो-पत्रकार बाबुछिरीको नामबाट स्थापित २५ हजार रुपैयाँ राशिको बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कारबाट यस वर्ष फोटो-पत्रकार प्रदिपराज वन्तलाई सम्मान गरेको छ । वन्त राष्ट्रिय समाचार समितिका वरिष्ठ फोटो-पत्रकार हुनुहुन्छ ।
यस्तै, क्लबले स्वर्गीय पत्रकार उमा सिंहको स्मृतिमा स्थापित २५ हजार रुपैयाँ राशिको उमा सिंह स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार फूलमाया आलेलाई सम्मान गरेको छ । आले सरोकार टेलिभिजनकी सम्पादक हुनुहुन्छ ।
त्यस्तै, क्लबले उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार-२०७९ बाट राजन काफ्लेलाई सम्मान गरेको छ । यस्तै, उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९ बाट न्युज एजेन्सी नेपालका सिनियर क्यामेरा पर्सन सुरज प्रधानलाई सम्मानित गरिएको छ ।
यसैगरी क्लबले उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९ बाट प्राइम टिभीका प्रस्तोता धिरज बस्नेतलाई सम्मान गरेको छ भने उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९ बाट ई-कागज डटकमका डेस्क को-अर्डिनेटर जीवन कुँवरलाई सम्मानित गरेको छ ।
यस्तै, टिभी अन्नपूर्णका कार्यकारी निर्देशक राजु सुवेदीलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित गरिएको छ । क्लबले यो वर्षको क्रियाशील पत्रकारिता पुरस्कार-२०७९ बाट नेपाली रेडियो नेटवर्ककी रिपोर्टर गोमा परियारलाई सम्मान गरिएको छ । यस्तै, प्राइम टिभीका ऋषि थपलियालाई सक्रिय युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित गरिएको छ ।
त्यसैगरी, सुनौलो नेपालका सम्पादक मोहनराज शर्मालाई युवा पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानित गरिएको छ भने कपुरबोट मिडियाका कार्यकारी सम्पादक विप्लव काफ्ले पनि उत्कृष्ट युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित हुनुभएको छ ।
यस्तै, क्लबले अनलाइन टिभी नेपालका सम्पादक नवीन गिरीलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित गरेको छ ।
यस्तै, हिमालयन टेलिभ्वाइसका क्यामेरा पर्सन कृष्ण श्रेष्ठलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित गरिएको छ भने नेपालीपन साप्ताहिकका सम्पादक तथा प्रकाशक सुनिलकुमार साहलाई युवा पत्रकारिता पुरस्कार-२०७९ बाट सम्मानित गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच