राय र परामर्शका आधारमा शासन

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

मानिस सामाजिक प्राणी हो । उसका हरेक क्रियाले प्रभाव पार्ने आधार समाज हो । समाजका हरेक क्रियाकलाप र भावना मानिसका कर्मसित जोडिएर आएका हुन्छन् । जीवन जटिल छ । दुरूह छ । जीवन बाँच्न सक्ने आधार कमजोर र बलियो हुन्छ । बलियो आधार भए जीवन सहज र कमजोर भए जीवन डरलाग्दो हुन्छ । बाँच्ने क्रममा आएका समस्यालाई जीवनको आधार बनाउन मानिसका हरेक क्रिया र पद्धति सामानरूपमा बाहिर आउन सक्दैनन् ।

जीवनमा आइपर्ने समस्याको समाधान मानिसले परिवार, आफन्त र समाजका माध्यमबाट गर्छ । नसुुुल्झेका समस्यालाई निरन्तर सक्रिय रहेर समाधान गर्ने गरेको हुन्छ । समाधान हुन नसक्ने समस्यालाई उसले थाँती राख्ने गर्दछ । जीवनका हरेक कर्मको पहिचान मानिसले गर्ने कर्मका आधारमा हुने गरेका हुुन्छन् । कर्मबाट मानिस भाग्न सक्दैन । भाग्नुु जीवनप्रतिको मोह, विश्वास र आधारलाई त्याग्नुु हो । यही आधारको अवस्था र पहिचान हो मानिस ।

शासन वा सत्ता सञ्चालनका आफ्नै पद्धति र प्रक्रिया रहेका हुन्छन् । परामर्श र रायअनुसार शासन व्यवस्थालाई गति दिन सकियो भने देशको विकास, उन्नति र प्रगतिमा कुनै किसिमको अवरोध नआउने कुरा मननीय देखिन्छ ।

युुद्धको समाप्तिपछि शासनका सबै आधार सम्हालेका तत्कालीन हस्तिनापुरका प्रधानसेवक युुधिष्ठिरका सामुु जटिल प्रश्न उपस्थित भयो । शासनको बागडोर आए पनि सत्ता कसरी चलाउने भन्ने सन्दर्भमा उनले आफूूभन्दा मान्यजनको मात्र होइन भाइहरूको समेत सल्लाह लिए । उनले लिएका सल्लाह सुुझावलाई प्रक्रियागतरूपमा शासनमा उतारे वा उतारेनन् त्यो मुख्य विषय होइन । शासन चलाउने सन्दर्भमा राज्यमा के-कस्ता अवस्था आउन सक्छन् र तिनको समाधान कसरी गर्न सकिन्छ भन्नुु नै उनको मुुख्य अभिप्राय रहेको देखिन्छ ।
शासन वा सत्ता सञ्चालनका आफ्नै पद्धति र प्रक्रिया रहेका हुन्छन् । परामर्श र रायअनुसार शासन व्यवस्थालाई गति दिन सकियो भने देशको विकास, उन्नति र प्रगतिमा कुनै किसिमको अवरोध नआउने कुरालाई उनले मनन गरेको देखिन्छ ।

शासनको त्याग :
युुधिष्ठिर युद्धको समाप्तिपछि शासनमा बसेर सत्तासुखलाई आधार बनाई गतिशील हुन चाहेनन् । शासन चलाउँदा प्राप्त हुने पुुण्यको क्षय नै उनका लागि पूूर्ण आधार थिएन । म वानप्रस्थी बनेर जीवनलाई गति दिनेछुु । कुनै पनि अवस्थामा म राज्यसत्ताको भोग गर्ने छैन । यो राज्यको प्राप्तिका लागि गरिएका मेरा सबै कर्म सत्कर्म हुन सकेका छैनन् । मैले युुद्धको समयमा धेरै मानिसको ज्यान लिइसकेको हुनाले यो राज्यभोग मेरा लागि उत्तम मार्ग बन्न सक्दैन भन्ने ठहर युुधिष्ठिरको देखियो ।
अमित्रा न समृद्धार्था वृत्तार्थाः कुरवः किल
आत्मानमात्मना हत्वा किं धर्मफलमाप्नुम ।।
हाम्रा शत्रुुहरूको मनोरथ पूर्ण भयो किनकि हाम्रो कुलको नाश भयो । कौरवहरूको प्रयोजन उनीहरूको जीवनसित समाप्त भयो । आत्मीय र आफन्तलाई मारेर हामीले कुन किसिमको धर्म प्राप्त गर्‍यौँ । युुधिष्ठिरको अर्जुुनप्रतिको प्रश्न थियो यो । हामीले युुद्धमा आफन्त, मेरा बन्धुुबान्धव भनेनौँ । यसरी आफन्तलाई मारेर प्राप्त भएको राज्यले हामीलाई सुख कसरी दिन सक्ला ? यो जिज्ञासा युुधिष्ठिरको हो । यो उनको वितृष्णा हो । जीवनप्रतिको होइन शासन र सत्ताप्रतिको हो । यदि यही अवस्थामा युुधिष्ठिरले निर्णय लिएको भए र वानप्रस्थी बनेको भए हस्तिनापुरको शासन व्यवस्था क्षतविक्षत हुने संकेत देखिएको छ । अर्जुुनले युुधिष्ठिरमा देखापरेको सत्ताप्रतिको वितृष्णालाई राज्यको भोगका माध्यमबाट सम्झाउने प्रयास गरेका छन् ।
अहो दुुःखमहो कृच्छमहो वैक्लव्यमुुत्तमम्
यत् कृत्वामानुुषं कर्म त्यजेथा श्रियमुुत्तमाम् ।।
हजुुुरको विहृवलता अन्तिम अवस्थामा पुुगिसकेको छ । अलौकिक पराक्रमबाट प्राप्त यो उत्तम राज्यलक्ष्मीको त्याग गरिरहनुुभएको छ । यो अर्जुुुनको आफ्ना दाजुुप्रतिको पहिलो आग्रह हो । अर्जुुनले राज्यलक्ष्मीलाई धनका रूपमा राखेका छन् । राज्यलक्ष्मीको त्याग उत्तम शासकको गुुण होइन भन्ने संकेत अर्जुुनको देखिएको छ । युुधिष्ठिरको यो अवस्थालाई उनका भाइ तथा पत्नी द्रौपदीले समेत अस्वीकार गरिन् । यदि राज्यको सञ्चालन र भोग आवश्यक थिएन भने यो युुद्ध किन ? अर्जुुनको प्रश्न थियो युधिष्ठिरप्रति । राज्यको भोग र राज्य प्राप्ति मात्र अभिलाषा होइन यो त आफ्नो पौरख र क्षमताबाट प्राप्त आधार हो । वानप्रस्थी जीवन व्यतित गर्ने अभिलाषा युुधिष्ठिरको देखिएपछि राज्य र धनको महत्ता दर्शाउँदै अर्जुन भन्छन् :
यस्यार्थास्तस्य मित्राणि यस्यार्थास्तस्य बान्धवाः
यस्यार्थाः स पुमाँल्लोके यस्यार्था स पण्डितः ।।
धनवान् मानिसका मित्र हुन्छन्, उसका भाइबन्धुुहरू हुुन्छन् । त्यो व्यक्ति नै पुुरुषका रूपमा मानिएको हुुन्छ । त्यही व्यक्ति नै पण्डितका रूपमा चिनिएको हुन्छ । अर्जुुनले जीवनलाई धन, वैभव र राज्यसत्तालाई सर्वोपरि मानेको देखिन्छ । धनले संसारको सबै सम्पन्नता पाइने हुनाले यो धनरूपी राज्यको त्याग हजुरका लागि उत्तम उपाय होइन । सत्ता प्राप्ति हाम्रो अभिलाषा नभए पनि हामीले गरेको पौरखका माध्यमबाट प्राप्त भएको राज्यलक्ष्मीको भोग नीतिगत तरिकाले गर्नुपर्ने गतिलो तर्क अर्जुुनले उठाएका छन् युधिष्ठिरका सामुु ।

आजको संसारमा धनलाई सर्वोपरि मानिन्छ । धनको उपार्जनका लागि सत्कर्म र असत्कर्मलाई प्राथमिकताका आधारमा हेरिन्छ । सबै धन होइन र सत्ता पनि होइन । आफन्तको युुद्धबाट प्राप्त गरेको सत्ता त्यागेर वानप्रस्थी बन्न सक्ने युुधिष्ठिरको अवस्था नेपालका शासकको नआउला भन्न सकिँदैन ।

सत्ताको सुुख महनीय सुुख हो । यो सुुख प्राप्तिका लागि गरिएका संघर्ष र त्यसबाट प्राप्त आनन्द लौकिकमात्र होइन अलौकिक हुने कुुरालाई अर्जुुनले राखेको देखिन्छ । यो धन, राज्यभोग हो । राज्यको प्राप्तिलाई श्रीप्राप्ति पनि मानिएको छ । हामीले प्राप्त गरेको राज्यलाई त्याग गर्दैमा समस्याको समाधान हुने कुरामा अर्जुुन कत्ति पनि सहमत देखिएका छैनन् । धनको महत्तालाई बताइसकेपछि अर्जुन निर्धनको अवस्थाका सन्दर्भमा भन्छन् :
यः कृशार्थः कृशगवःकृशभृत्यः कृशातिथिः
स वै राजन् कृशो नाम न शरीरकृशः कृशः ।।
धन नभएका मानिसका सेवक पनि कम हुन्छन् । अतिथि वा आफन्तको आगमनमा कमी आउँछ । त्यो व्यक्ति दुुर्बल मानिएको हुन्छ । शरीरको दुुब्लोपन नै कृश (दुुब्लो) हो भन्ने आधारमात्र होइन । धनको अभाव पनि दुुर्बलताको मूूल कारण हो । राज्यको व्यवस्थित र नैतिक भोग शासकका लागि उत्तम मानिएको छ । अर्जुनले शासन व्यवस्थालाई उत्तम मानेको देखिएको छ । शासनको व्यवस्थापकीय विचारका आधारमा शासनलाई गतिशील बनाउनुु उत्तम उपाय अर्जुनले मानेको देखिन्छ । शासनमा बसेपछि नीतिगतरूपले चलाउन सकियो भने यो उत्तम भोग अर्जुुनले मानेका छन् ।

राज्य प्राप्ति द्रोहबाट भएको छ । समाज र राज्यका सबै प्रक्रिया र पद्धतिको विकास आफैं गतिशील हुन पनि सक्दैन । विकासका आधार र राज्यको प्राप्तिमा देखिने सबै संघर्ष भाइ-भाइको युुद्धबाट प्राप्त भएको तथ्यलाई अर्जुुनले देवता र दानवको युुद्धबाट प्रमाणित गरिदिएका छन् ।
द्रोहाद् देवैरवाप्तानि दिवि स्थानानि सर्वशः
द्रोहात् किमन्यज्ज्ञातीनां गृद्ध्यन्ते येन देवता ।।
आफूू–आफूूबीचको युुद्धले देवताहरूले स्वर्गका सबै स्थानमा विजय प्राप्त गरेका हुन् र अधिकारलाई आफ्नो हातमा लिएका हुन् । देवताहरूले जुन राज्य र सत्ता प्राप्त गरे त्यो आपसी विद्रोह नभएर के हो ? यो अर्जुुनको प्र्रश्न थियो वानप्रस्थी बन्न चाहने युुधिष्ठिरलाई । यहाँ भोग होइन राज्यसत्ताको नीतिगत सञ्चालनको प्र्रश्न थियो । अर्जुनलाई युुद्धका सन्दर्भमा आएको विषादलाई कृष्णले गीताका माध्यमबाट समाधान गरे । यहाँ युुधिष्ठिरमा राज्यप्रतिको विषादलाई उनका चार भाइ र पत्नी द्रौपदीले सम्बोधन गरेकी छिन् । आजको यो आलेखमा अर्जुनलाई आधार बनाइएको छ । अन्य आधार क्रमशः आउनेछन् ।

आजको अवस्था :
अर्जुुनले बताएको धनको महत्ता र धनको अभावलाई जसरी पुुष्टि गरे त्यो तत्कालीन समयको पहिचान थियो । यहाँ उल्लेख गरिएको धन धनमात्र होइन । त्यो राज्यसत्ता हो । राज्यसत्ता जसरी पनि प्राप्त हुन सक्छ । नीतिका माध्यमबाट प्राप्त भएको राज्यसत्ताको आफ्नै महत्व देखापरेको हुन्छ । यदि राज्यसत्तालाई हामीले आफूले मागिखाने भाँडो बनायौँ भने त्यो अवस्थामा देश विकराल स्वरूपमा आउने तर्कलाई सम्बोधन गरिएको छ ।

सत्तामा वा शासनमा जान हतारिने र सत्तामा पुुगेपछि केही गर्न नसक्ने हाम्रो प्रवृत्तिप्रतिको तीखो व्यंग्य हो यो । सत्ता प्राप्तिका आधार धेरै हुन सक्छन् । प्राप्त भएको सत्तालाई देशहित, जनहित, मानवहितमा समर्पित गरियो भने मात्र हामी सफल हुन सक्ने तर्कलाई बलियो तरिकाले उठाइएको छ । सत्ता प्राप्ति मात्र आधार मान्ने र आफ्नो मात्र दुुनो सोझ्याउने प्रयास र प्रवृत्ति भएमा शासकको राज्य भोगमात्र होइन व्यवस्था पनि जोखिममा पर्ने तर्कलाई अर्जुनको युुधिष्ठिरप्रतिको भनाइले देखाएको छ ।

आजको संसारमा धनलाई सर्वोपरि मानिन्छ । धनको उपार्जनका लागि सत्कर्म र असत्कर्मलाई प्राथमिकताका आधारमा हेरिन्छ । सबै धन होइन र सत्ता पनि होइन । आफन्तको युुद्धबाट प्राप्त गरेको सत्ता त्यागेर वानप्रस्थी बन्न सक्ने युुधिष्ठिरको अवस्था नेपालका शासकको नआउला भन्न सकिँदैन । नेपालीहरूको बलिदानबाट प्राप्त गरेको व्यवस्थामा आँच आउने काम कहीँ–कतैबाट नहोस् । शासन चलाउँदा सक्षम, सबल, समर्पित व्यक्तिको सल्लाह प्राप्त होस् शासकलाई । यही शुुभकामनासहित ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेराला
कुलप्रसाद काेराला
2023-04-01 2:36 pm

डा गणेशकाे लेख महाभारतीय 3 वटा श्लाेकाश्रित रहेछ ।राम्ररी पढें अाजका जन्मान्ध शासकलाई यसकाे निहीतार्थले झस्काउनु पर्ने हाे तर पत्न्यैषणा,वित्तैषणा,अहमाहम र पदलाेलुपाेलाेजीग्रस्त हाम्रा शासक नझस्कने पक्का छ ।एउटामा च छैन , अर्कामा गृह्यते हुनु्ने ठाउमा गृद्धते भएकाे छ ।पत्रिकामा काम गर्नेले राम्ररी नगरिदिंदा लेखकलाई गाल परेकाे छ ।याे मेरा लेखमा पनि हुने गरेकाले हिटामा काम गर्ने सम्बद्ध व्यक्तिलाई पनि सल्लाह हाे ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?