मिटरब्याज पीडित प्रधानमन्त्री निवास बालुवाटारमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौंका सडकमा विगत केही दिन देखी आन्दाेलन गरिरहेका मिटरब्याज पीडितले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश पाएका छन् ।

शनिवार बिहानै उनीहरु आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका हुन् । मिटरब्याज पीडित र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको छलफल अहिले बालुवाटारमा भइरहेको छ ।

उनीहरुले केही दिन यता प्रधानमन्त्रीलाई भेट्न खोजेपनि पाएका थिएनन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ नै भेट गर्ने भनेपनि प्रधानमन्त्रीको कार्य व्यस्तताले सफल भएको थिएन । यसअघि पनि मिटरब्याज पीडितहरुले सरकारी टोलीसँग दुईपटक वार्ता गरिसकेका छन् । तर सहमति भएको छैन ।

आज बिहानै उनीहरुले पीडितलाई न्याय दे, मिटरब्याजीलाई कारबाही गर् जस्ता नारा लगाएर बालुवाटार पुगेका थिए । अहिले प्रधानमन्त्री र मिटरब्याज पीडितबीचको वार्ता जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्नकाे लागि बोलाएपछि आज बिहानै मिटरब्याज पीडितहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश पाएका हुन् ।

सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न समिति बनाएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?