नेता रावलसँग संवाद गर्न एमालेले बनायो तीन सदस्यीय टोली

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका नेता डा. भीमबहादुर रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले नेता रावल पार्टीको विधि र विधान विपरित चलेको निष्कर्ष निकाल्दै संवादका लागि पार्टीका उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा पार्टीका सचिव एवम् सुदुरपश्चिम प्रदेश कमिटीका इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापा सदस्य रहनु भएको वार्ता टोली गठन गरेको हो । पार्टीको विधि र विधान विपरित पूर्वउपाध्यक्ष समेत रहनु रावल चलेकाले सो सम्बन्धमा संवाद गरी आवश्यक निर्णय लिन संवाद टोली गठन गर्नु परेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताउनु भयो ।

नेता रावलले हालैसम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पार्टीलाई सहयोग नगरेको स्थानीय पार्टी नेता तथा कार्यकर्ताहरुको गुनासो आएपछि एमालेले त्यसबारे वार्ता गर्न उच्चस्तरीय टोली नै गठन गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?