‘एक कप चिया दिवस’ सम्पन्न

Read Time = 2 mins

काठमाडौं । विश्वभरि फैलिएका दाताहरूले प्रदान गरेको दिनको एक कप चिया बराबरको रकम दान संकलन गरेर निमुखाहरूलाई आँखा स्वास्थ्य सेवा दिँदै आएको युवा नेत्र सेवाले आफ्नो तेह्रौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । नेपालका ‘आँखाका मणि’ रूपमा परिचित प्रा. रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा डा. सविता श्रेष्ठले सेवाको कोषमा एक लाख २० हजार रुपैयाँ प्रदान गर्नुभयो भने सुरेन्द्रप्रसाद ढकाल प्रतिष्ठानले वार्षिकरूपमा ३० हजार रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेको थियो ।

२७ वर्षअघि स्थापित सेवाले १३ वर्षअघिदेखि सञ्चालन गरेको आँखा उपचारका लागि ‘एक कप चिया दान अभियान’को साधारणसभा ‘एक कप चिया दिवस’ का रूपमा सेवाका अध्यक्ष नेत्र विशेषज्ञ सिद्धार्थ रञ्जितको सभापतित्वमा सम्पन्न भएको हो ।

सभामा सेवाका सचिव रोशनराज महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष शर्मिला डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा साहित्यकार डा. नवराज लम्सालले समाजसेवाका क्षेत्रमा युवा नेत्र सेवाको भूमिकाबारे विचार व्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?