एजेन्सी । भारतीय जनता पार्टीका नेता तथा कोइला व्यवसायी राजु झाको पश्चिम बंगालको पूर्वी बर्दवान जिल्लामा हत्या गरिएको छ । हत्यामा प्रयोग भएको निलो रंगको कार आइतबार बिहान प्रहरीले बरामद गरेको छ । यद्यपि, गाडीको नम्बर प्लेट नक्कली छ । राजु झामाथि गोली प्रहार गर्नेहरू यही गाडीमा रहेको दाबी गरिएको छ । एक प्रहरी अधिकारीले यो जानकारी दिएका हुन् ।
राजु झामाथि शनिवार राति करिब आठ बजे राजमार्ग छेउमा रहेको शक्तिगढमा निलो रंगको कारमा सवार अज्ञात आक्रमणकारीले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण ड्राइभिङ सिटमा बस्नुभएका राजु र उहाँका एक सहकर्मी गम्भीर रूपमा घाइते हुनुभएको थियो । राजु झालाई अस्पताल लैजाने क्रममा मृत घोषणा गरिएको थियो । त्यसपछि आक्रमणकारी कार त्यहीँ छोडेर भागेको प्रहरीको अनुमान छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर