लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 2 mins

दाङ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ ।

प्रदेशका सभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ नियम १२ को उपनियम ९३० बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।

आज बस्ने बैठकमा प्रदेश सभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेश सभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित आठ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ । आज बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन् ।

यसैबीच ५४ जना प्रदेशसभा सदस्यले कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?