उपनिर्वाचन केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔंः अध्यक्ष भट्टराई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित टविट गर्दै उहाँलाई रोक्नु पर्ने बताउनुभएकाे छ ।

उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि ट्विट गर्दै बारा-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशयको ट्विट गर्नुभएकाे हाे । यद्धपी उहाँले यादवको नाम भने उल्लेख गर्नुभएकाे छैन ।

‘चुनाव केही वर्ष महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन्, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले ट्विटमा भन्नुभएकाे छ, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ ।’

उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र तत्कालिन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढदै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक बिबादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मंशिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उहाँ बारा-२ वाट उपनिर्वाचनमार्फत संघीय संसदमा आउन खोज्दैहुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?