लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले तत्काल सरकार नछाड्ने

अल्पमत प्रमाणित भएको दिन एक मिनेटपनि नबस्ने

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले तत्काल सरकार नछाड्ने बताउनु भएको छ ।

गिरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश भए पनि अल्पमत प्रमाणित भए मात्रै सरकार छाड्ने बताउनु भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको ‘तुलसी ट्रेड टावर’ सिलान्यास पछि पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री गिरीले आफ्ना बिरुद्ध प्रदेशसभामा अल्पमत प्रमाणित भइ नसकेकोले अहिलेनै सरकार नछाड्ने बताउनुभयो ।

नेकपा एमालेका नेतासमेत रहनुभएका मुख्यमन्त्री गिरीले प्रदेशसभामा अल्पमतमा परेको कुरा परीक्षण हुन बाँकी रहेको भन्दै प्रमाणित भएको दिन एक मिनेटपनि सरकारमा नबस्ने बताउनुभयो । ‘अल्पमत भन्ने कुरा प्रमाणित भइसकेको छैन,’ उहाँले भन्नुभयो ‘प्रमाणित भइ सकेपछि हामी एक मिनेटपनि सत्तामा रहने छैनौं।’

मुख्यमन्त्री गिरीले आँफु अल्पमतमा परेको प्रमाणित भइ सकेपछि पनि धारा १६८ (३) अनुसार त्यसपछि नयाँ सरकार गठन हुनु पर्छ भन्ने आँफुहरुको दाबी रहने बताउनुभयो ।‘प्रदेश प्रमुख अमिक शेरचन कसरी अगाडि बढ्नु हुन्छ त्यो अलग कुरा हो,’ उहाँले भन्नुभयो ‘ तर, हाम्रो माग त्यसपछिको नयाँ सरकार धारा ३ अनुरुप गठन हुनुपर्छ भन्ने रहन्छ ।’

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार चैत १२ गते नै पुस २७ मा गिरी मुख्यमन्त्री बन्दा समर्थन गरका नेकपा माओबादी केन्द्रसहितका साना दलहरुले समर्थन फिर्ता लिइ सकेको हुँदा गिरी अल्पमतमा परि सक्नुभएको छ ।

चैत १२ गते नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानको १६८ (२) बमोजिम ५३ जनाको सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गरि सकेको छ ।

तर, संविधानको ब्यबस्था र प्रक्रिया अनुसार अबको ३० दिन भित्र मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुपर्ने छ । त्यतिखेर बिश्वासको मत पाउन नसके नयाँ बर्षको बैशाख १० गतेसम्म उहाँ नेतृत्वका सरकार बर्खास्त हुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?