सर्लाही । सर्लाहीको हरिपुरका मुसहर महिलाले मिटरब्याजबाट आफूहरु अत्यन्तै प्रताडित भएको गुनासो गरेका छन् ।
साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले आज रेडक्रस हरिपुरको सभा हलमा आयोजना गरेको मिटरब्याज न्यूनिकरण तथा सचेतना अभिवृद्धि सम्वन्धी कार्यक्रममा सहभागी स्थानीय मुसहर तथा दलित महिलाले मिटरब्याजको पीडाबाट विभिन्न समस्या, तनाव र हिंसा भोग्नु परेको गुनासो गरेका हुन् ।
कार्यक्रममा हरिपुरस्थित मजुर्वाकी संगिता माझी, असन्माकी सुरेखा देवी, पिडारीकी जयकुमारी देवी माझी, जुटपानकी सन्तरा पासवानलगायतले आफूहरुले मिटरब्याजबाट झेल्नु परेको उदाहरण प्रस्तुत गर्दै महाजनले उठिवासकै अवस्था सिर्जना गरेको गुनासो गर्नुभयो । कार्यक्रममा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारले मिटरब्याजको समस्या सामाजिक तबरबाट सम्वोधन गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो । उहाँले अनावश्यक ऋण लिई जथाभावी मोजमस्तीमा खर्च नगर्न आग्रह गर्नुभयो ।
उहाँले मिटरब्याज साहुकरले झुक्याएर धेरैलाई फसाउने, लिएको ऋण भन्दा बढीको कागज बनाउने, डरत्रास देखाउनेजस्ता घटना बाहिर आइरहेकाले ऋण लिँदा जानेबुझेकासँग सरसल्लाह गर्न सुझाव दिनुभयो । मिटरब्याजको विरुद्ध संघर्षरत नेकपा माओवादी केन्द्रका नेता एवं मेयरका प्रत्यासी सुनिलकुमार बुढाथोकीले मिटरब्याजी पीडितको कथाव्यथा दर्दनाक रहेको बताउनुभयो । आफूले थुप्रै मिटरब्याज पीडितलाई न्याय दिलाउन साहुकरलाई समेत सँगै राखेर ऋण मिनाह गर्ने काम गरेको सुनाउनुभयो । उहाँले मिटरब्याज पीडित माझी, मुसहर तथा दलित र अन्यको समस्या सुनिदिए कोही नरहेको अवस्थामा आफूहरुले केही वर्षअघिदेखि मिटरब्याजविरुद्धको अभियान नै संचालन गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानीय सरकारले मिटरब्याजविरुद्ध सचेतना कार्यक्रम संचालन गर्नुपर्ने, पालिकाले वैदेशिक रोजगारीमा जानेलाई वडा स्तरमा घुम्ती कोष खडा गरेर सहुलियत ऋण दिनुपर्ने, न्यायिक समितिले यो समस्या समाधानका लागि समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच