रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिजअन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोन समावेश छन् । सो अवसरमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘रेड्मीमा हाम्रो उपभोक्ता नै हामीले गर्ने सबै कुराको केन्द्रबिन्दु हुन्, जसले हामीलाई उचित मूल्यमा नवीनतम् प्रविधि थप पहुँचयोग्य बनाउन प्रेरित गर्छ । लन्च भएको फ्ल्यागशिप-लेभल स्पेसिफिकेसन समावेश रेड्मी नोट १२ सिरिजले पनि अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भूत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शनसाथ हाम्रो यही मूल दर्शन झल्काउँछ ।’

कम्पनीका अनुसार यसमा भएको फ्ल्यागसिप ६७ टर्बो चार्जिङ सुविधाले १५ मिनेटमै दिनभरका लागि पावर ब्याकअप प्रदान गर्छ । रेड्मी नोट १२ प्रोमा ५० एमपी ट्रिपल क्यामेरा सेटअप रहेको छ । विभिन्न स्टोरेजमा उपलब्ध फोनको मूल्य क्रमशः २२ हजार नौ सय ९९, २४ हजार नौ सय ९९ र २६ हजार ९९ रुपैयाँ रहेको छ । रेड्मी नोट १२ प्रो ५ जीका दुई स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य क्रमशः ३८ हजार नौ सय ९९ र ४१ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । वर्षा राउतले रेड्मी नोट १२ सिरिज एक कार्यक्रमबीच लन्च गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?