अमेरिकी डलरसँगै युरोको पनि भाउ बढ्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

मंगलबार अमेरिकी डलरको भाउ २७ पैसाले बढेको छ । यसअघि सोमबार भने डलरको कारोबार स्थिर रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६८ पैसाले बढेको हो । सोमबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको थियो।

मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २८ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा ७४ पैसाले वृद्धि भएको हो । सोमबार यसको खरिदमूल्य १६१ रुपैयाँ ८० पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ५४ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८४ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि सोमबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने मंगलबार बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?