बलियो नेपाल कप आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बलियो नेपाल यू-१९ क्रिकेट प्रतियोगिता आजदेखि (चैत २२) पोखरा रंगशालामा हुने भएको छ । बलियो नेपाल न्युट्रिशन इनिसियटिभको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी टोलीहरू इलाम क्रिकेट एकेडेमी, कर्णाली क्रिकेट एकेडेमी, स्टार क्रिकेट एकेडेमी, जनकपुर क्रिकेट एकेडेमी, पोखरा क्रिकेट एकेडेमी तथा एक्सिलेन्स सेन्टर रहेका छन् । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरी लिग कम नक-आउटका आधारमा टी-२० फम्र्याटमा खेलहरू सञ्चालन हुनेछन् ।

प्रतियोगिता व्यवस्थापनअन्तर्गतका सम्पूर्ण कार्यहरूसमेत अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । खेल क्षेत्रका माध्यमबाट खाद्य स्वच्छता र पोषणबारे सचेतना फैलाउने उद्देश्यअनुसार बलियो नेपाल न्युट्रिशन इनिसियटिभले खेल जगत्, विशेष गरी ग्रासरुट क्रिकेटको प्रवद्र्वनका लागि २०७८ सालदेखि नै बलियो नेपाल कप आयोजना गर्दै आइरहेको छ ।

संस्थाले अघिल्ला वर्षहरूमा लुम्बिनी प्रदेशका १२ जिल्लाहरूको सहभागितामा बलियो नेपाल कपको पहिलो संस्करण सफलताका साथ आयोजना गरेको थियो । यसअघिको बलियो नेपाल कपको दोस्रो संस्करण काठमाडांैस्थित मूलपानी क्रिकेट मैदानमा भएको थियो । जसमा पाँचवटा प्रदेश (प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बलियो ११) को सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?