निर्माण व्यवसायीलाई भौतिक पूर्वाधारमन्त्रीको आश्वासन

Read Time = 2 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीको काँधमा रहेको भन्दै निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार रहेको बताउनुभएको छ । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगकोे भेटमा उहाँले मुलुक विकासका लागि पूर्वाधार नै महत्वपूर्ण क्षेत्र रहेको पूर्वाधार क्षेत्रमा योगदान दिने पात्र निर्माण व्यवसायी भएको बताउनुभएको हो । मन्त्री ज्वालाले भन्नुभयो, ‘सरकार र निर्माण व्यवसायी पक्ष-प्रतिपक्षी होइनन्, मिलेर काम गर्नुपर्छ ।’

निर्माण व्यवसायीका समस्याबारे सरकार जानकार रहेको स्पष्ट पार्दै उहाँले निर्माण व्यवसायीमैत्री ऐन कानुन निर्माणका लागि पहल गर्ने बताउनुभयो । साथै उहाँले राष्ट्र र जनताप्रतिको जिम्मेवारी बोध गर्दै काम गर्न ध्यानाकर्षणसमेत गराउनुभयो ।

महासंघ अध्यक्ष सिंहले भुक्तानी अभावका कारण निर्माण उद्योग अत्यन्त असहज अवस्थामा रहेको बताउनुभयो । भुक्तानी रोकिँदाको असर राज्यको ‘सप्लाई चेन’ मै परेको भन्दै उहाँले व्यवसायीले २० प्रतिशत मोबिलाइजेसन पेस्की रकम पाउनुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?