बैतडीमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु 

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा जीपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

डिलाशैनी गाउँपालिका ३ धौकुचेकी ७५ बर्षीया गौरा नाथको घटनास्थलमा नै मृत्यु भएको हो ।

गोकुलेश्वर गन्ना सडकखण्डमा अन्तर्गत घर नजिकै धौकुचे सडकमा हिँडिरहेको बेला बुधबार अपराह्न ४ बजेको समयमा सु प प्र ०१००१ ज १२९४ नम्बरको जीपले ठक्करबाट उनको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।
चालक डिलाशैनी गाउँपालिका–१ का रोशन राना र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरी नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रवक्ता खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?