झापा जिल्ला आमन्त्रण चेस सुरु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । झापा जिल्ला खुला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भयो । प्रतियोगिताको प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गर्नुभयो । स्वीस लिगका आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि एक लाख नौ हजार ५०० रुपैयाँ रहेको छ । प्रतियोगिताको आयोजक नाइटचेस क्लब, रोटरी कलब अफ मेचीनगर र मेची युवा चेस एकेडेमी छन् ।

प्रतियोगिताले युवा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको टुर्नामेन्ट डाइरेक्टर भरत गुरुङले जानकारी दिनुभयो । पहिलो दिन दुई चरणको खेल सकिँदा राजन सुवेदी, विकास मैनाली, विश्वविजय घिमिरे, विक्रम सिंघक, हिमाल राई र उमेश राईको दुई अंक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?