काठमाडौं । सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झण्डै ७० लाख अर्थात् ६९ लाख ८० हजार छ सय ३४ रुपैयाँ छात्रवृत्ति रकम सहयोग गरेको छ । नेपाल र नेपाली जनताका लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न आठवटा विद्यालयका जेहेन्दार सन्ततिलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा चारदेखि १२ सम्म अध्ययन गर्न सहयोगस्वरूप छात्रवृत्ति प्रदान गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार भएको सम्झौतापत्रमा हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविनकुमार नेपाल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थिति रहेको थियो । उक्त सम्झौतापत्रमा सनराइजका नायब महाप्रबन्धक नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले हस्ताक्षर गर्नुभएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्ष एक सय ५० भन्दा बढी कार्यक्रम गरेको जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका