फोटोन गाडीमा अफर

Read Time = 2 mins

काठमाडौं । फ्युल योर एम्बिसन आउन योर टनल्याण्ड भन्ने नाराका साथ फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले टुनल्याण्ड पिकअप गाडीका लागि नयाँ वर्ष स्किम ल्याएको छ । अफरअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र न्यूनतम १२ लाखको डाउन पेमेन्टमा टुनल्याण्ड पिकअप सवारीसाधन खरिद गर्न सकिनेछ ।

अफरमा एक्सचेन्ज विकल्प पनि समावेश छ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नवीन आचार्यले भन्नुभयो, ‘यो नयाँ वर्ष हामी हाम्रा ग्राहकका लागि केही विशेष बनाउन चाहन्छौँ र यो अफरले विशेष खुसीयाली ल्याउनेमा हामी विश्वस्त छौँ, हामीलाई थाहा छ कि गाडी खरिद गर्नु ठूलो निर्णय हो र हामी हाम्रा ग्राहकलाई उनीहरूको सपनाको गाडीको स्वामित्व पाउन सजिलो बनाउन चाहन्छौँ ।’ टनल्याण्ड पिकअप सवारीसाधन एक बहुउपयोगी र भरपर्दो सवारीसाधन हो, जुन व्यक्तिगत र व्यावसायिक प्रयोगका लागि उपयुक्त छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?