प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । संसद् सचिवालयका अनुसार आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको छ।

बैठकमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८’ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक टेबुल गरिनेछ।

बिहीबारको बैठकमा सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन (२०७८ साउन- २०७९ असार) पेस गर्ने कार्यसूची रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?