खर्बाैं लगानी भएको होटल उद्योग संकटमा

Read Time = 12 mins

✍️ निनाम लोवात्ती

केही समयअघि नेपालका तारे होटल सञ्चालकहरूको संस्था ‘होटल एसोसिएसन अफ नेपाल (हान)’ ले अहिलेको अवस्थामा होटल सञ्चालन खर्चसमेत धान्न नसक्ने स्थितिमा रहेकोे भनी सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको थियो । सो क्रममा हानले जनाएनुसार अहिले नेपालका तारे र पर्यटकस्तरीय होटेलको ‘अकुपेन्सी दर २४-२५ प्रतिशतदेखि २७-२८’ प्रतिशत मात्रै रहेको भन्ने भनाइ छ । खासमा होटल सञ्चालन खर्च धान्नलाई मात्रै कम्तीमा पनि ‘५० प्रतिशत अकुपेन्सी’ हुनुपर्छ भन्ने भनाइ छ । हाल आएर विश्वभरि नै पर्यटन तथा होटल उद्योगलाई ‘धुवाँरहित उद्योग’ का रूपमा मान्यता दिइएको छ । होटेल उद्योग भन्नाले ‘डिलक्स तथा लक्जरी होटेल, स्टार होटेल, मचान, होमस्टे, साधारण पाहुना घर, लज, कटेज, गेष्ट हाउस, रिसोर्ट’ आदि पर्छ ।

सामान्यतया ‘धुवाँरहित उद्योग !’ भन्नाले ‘डिलक्स तथा लक्जरीयस होटल, मोटेल (नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई), लज, कटेज, रिसोर्ट, गेष्ट हाउस, मचान, लज, होमष्टे, साधारण पाहुना घरका साथै पदयात्रा, पर्वतारोहण, ट्राभल्स कम्पनी, जलयात्रा, आइस क्लाइम्बिङ, निकुञ्ज विचरण, सिकार पर्यटन, बन्जी जम्पिङ, स्की खेल, चरा अवलोकन अर्थात् बर्ड वाचिङ, फिसिङ, हट एयर बेलुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण, कायाकिङ, साइक्लिङ, जंगल सफारी, पर्वतीय उडान, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान पर्यटन अर्थात योगा टुर, गाउँ अवलोकन भ्रमण, यस्तो भ्रमण एकल जाति वा बहुजाति विशेषको बसोवास भएको ठाउँमा गर्ने गरिन्छ, जसलाई अंग्रेजीमा ‘भिलेज टुर’ भनिन्छ । त्यस्तै गरेर प्राचीन सहर अवलोकन भ्रमण, सम्पदा अवलोकन अर्थात् ‘हेरिटेज टुर’ आदिलाई बुझिन्छ ।

नेपाली पर्यटनको मेरुदण्डको रूपमा रहेको होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, मचान, होमस्टे, लज, साधारण पाहुना घर आदि) भने डावाँडोलको स्थितिमा रहेको भन्ने त हालसालै ‘हान’ ले संस्थागत ढंगले पत्रकार सम्मेलन गरेरै बताएको छ ।

यसरी हेर्दा नेपाली पर्यटनको मेरुदण्डको रूपमा रहेको होटल, मोटेल (नेपाल मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, मचान, होमष्टे, लज, साधारण पाहुना घर आदि भने डावाँडोलको स्थितिमा रहेको भन्ने त हालसालै ‘हान’ ले संस्थागत ढंगले पत्रकार सम्मेलन गरेरै बताएको छ । यसको खास कारण सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वीमा रहको प्रान्त हुपेइको राजधानी सहर वुहानबाट पैmलिएको महामारी जसलाई सुरुमा ‘नोभेल कोरोना भाइरस’ पछि कोभिड-१९ नाम दिइयो, सोही कारणले गर्दा हो । जसले नेपालमा मात्रै नभएर विश्वभरि नै विदा मनाउन र घुमफिर गर्न निक्लने पर्यटकहरूको संख्या हृवात्तै घट्यो ।

फलतः विश्वभरिकै होटल, मचान, मोटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे, साधारण पाहुना घर आदिको लगानी धरमरमा प¥यो । त्यसो भए तापनि यही बीचमा नेपालमा खर्बाैं लगानीमा विभिन्न पर्यटकीय सम्भावना भएका सहर बजार र पर्यटकीयस्थलमा ‘डिलक्स तथा लक्जरीयसदेखि लिएर साधारण होटल, लज, कटेज, रिसोर्ट, गेस्ट हाउस, मचान, लज, होमस्टे, साधारण पाहुना घरमा लगानी भई रहेको देखिन्छ । जुन लगानी तत्कालीन फाइदालाई हेरेरभन्दा पनि भविष्यमा हुने पर्यटकीय गतिविधिलाई हेरेर लगानीकर्ताहरूले लगानी गरिरहेका छन् ।

हुन पनि कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आप्mनै देशमा पनि आप्mनो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक्ता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपर्ण कुरो के हो भने, जसले एक रात आप्mनो घर वा देश छाडेर बाहिर बिताउँछ, उसलाई मात्रै पर्यटक (आन्तरिक र बाहृय पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघमा आबद्ध ‘विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ ।

विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषाको आधारमा भन्नु पर्दा भारतीय सीमा क्षेत्रको होटल, कटेज, गेस्ट हाउस मचान, साधारण पाहुना घर वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न चाहिँ त्यसै दिन भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई पर्यटक मान्ने कि नमान्ने ? भन्ने उठ्ने गरेको छ । खासमा राजाका छोरो भए तापनि राजगद्दी त्यागेर मानिस किन बुढो हुन्छ ? भन्ने चिन्तन गरेर, ध्यान, योग, रोग, भोक आदिबारे चिन्नत गरेर भगवान कहलिएका बुद्ध धर्मका प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न एकछिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकलाई पर्यटकको सूचीमा राख्ने कि नराख्ने ?

नेपालको पर्यटन उद्योगमा पनि होटल क्षेत्रको कुरो गर्दा (कोभिड-१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ ले उन्नति प्रगति भइरहेको थियो, छ । किनकि माथि भनियो कि नेपालमा होटल उद्योगमा यही दुई-तीन वर्षको अवधिमा खर्बाैं नेपाली रुपैयाँबराबारको लगानी भइसकेको थियो, हुँदैछ । मुस्ताङ जिल्लामा रहेको हिन्दू धर्मालम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र त्यसका आसपासमा २९–३० वटा होटेल तथा लज खुलेका छन् । सन् १९९३/९४ तिर यो लेखको लेखक टे«किङ मजदुरको रूपमा पहिलो पटक थोराङपास जाँदा मुक्तिनाथ क्षेत्रमा दुईवटा मात्रै होटल देखेको थियो ।

हाम्रो देशमा अरू उद्योग व्यवसायमा भन्दा होटल उद्योगमा अपेक्षा गरेभन्दा बढी नै लगानी भएको छ । तर, त्यहीअनुसार पर्यटकहरू आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताले नाफा कमाउने त कता हो कता सञ्चालन खर्च जुटाउन पनि समेत धेरै वर्ष कुर्नुपर्ने देखिन्छ ।

हुन पनि त्यति बेला थोराङपास ट्रेकिङ रुटमा मात्रै नभएर नेपालका प्रायः सबै ट्रेकिङ रुटमा होटल वा लज हुँदैनथे । होटल वा लज उपलब्ध नभएकैले प्रायः सबैले क्याम्पिङ ट्रेक गर्ने प्रचलन रहेको थियो । त्यस समयमा मुक्तिनाथ दर्शन गर्न आउने धेरैजसो भारतीय र धेरथोर नेपाली तीर्थयात्रीहरू पाटी, पौवा वा भनौं धर्मशालामा बास बस्थे । युरोप, अमेरिकालगायत विकशित देशका पदयात्रीहरू चाहिँ क्याम्पिङ (पाल टाँगेर) गरेर बास बस्ने गर्थे ।

केहीअघिको तथ्यांक अनुसार नेपालको होटल तथा लजहरूले वार्षिक २५ लाख विदेशी पर्यटकहरू धान्न सक्ने बेड क्षमता रहेको थियो । यसबीचमा केही नभए तापनि १३-१४ हजार बेड क्षमता बढेको हुन सक्छ । यसरी हेर्दा हाम्रो देश नेपालमा अरू उद्योग व्यवसायमा भन्दा होटल उद्योगमा अपेक्षा गरेभन्दा बढी नै लगानी भएको मान्न सकिन्छ । तर, त्यही अनुसार विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएनन् भने, होटल क्षेत्रमा लगानी गरेका लगानीकर्ताले नाफा कमाउने त कता हो कता सञ्चालन खर्च जुटाउन पनि समेत धेरै वर्ष कुर्नुपर्ने देखिन्छ । कतिपयले आप्mनै पकेटको लगानी गरेको भए तापनि धेरै जसोले बैँक तथा वित्त कम्पनीसँग ऋण लिएर लगानी गरेका छन् ।

त्यसमाथि शहर वा बजार क्षेत्रमा खुलेका ‘होस्टेल’ र ‘होम स्टे’ हरू ठूला वा भनौँ तारे होटलहरूका लागि प्रतिस्पर्धीको रूपमा रहेको देखिन्छ । हुन पनि काठमाडौंलगायत सुविधा सम्पन्न क्षेत्रमै ‘होस्टेल’ र ‘होम स्टे’ हरू चलाउन दिनु हुँदैन ! भन्ने ठूला तारे होटलका सञ्चालकहरूले राखेको मागलाई पनि सम्बोधन गर्ने हो कि ? सरकारको मातहत रहेको नियामक निकायले सोच्नुपर्ने देखिन्छ । त्यसो त हाल नेपालमा हाल १९ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेको छ भने अरू १०–११ वटा पाँचतारे होटल सञ्चालनमा आउने र बन्ने क्रममा रहेको छ । त्यस्तै चारतारे, तीनतारे, दुईतारे, एकतारे र पर्यटकस्तरीय होटलको संख्यामात्रै अहिले १२ सयभन्दा बढी रहेको भन्ने भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?