१० स्टार्टअप कम्पनी छनोट

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई), टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इण्डियाले नेपालमा उच्च सम्भावित प्राविधिक स्टार्टअप र एसएमईका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गरेका छन् । स्टार्टअपलाई प्रोत्साहन एवं प्रवद्र्धनका लागि कार्यक्रमअन्तर्गत सुरुमा १० वटा स्टार्टअप कम्पनी छानिएका छन् ।

छानिएका स्टार्टअपहरूमा फोकसवान पेमेन्ट सोलुसन्स, राइट टिम्स, खेती मेन्चर्स, वाइज्याक सोलुसन्स, इन्ग्रेल्स, डक्टर्स अन कल, बिहेनेपाल, कारखाना, डेलिस डाइरिज, सेभेन मल्टी टे«डिङ रहेका छन् । छानिएका कम्पनीलाई ग्रोथएक्स एभरेष्ट एक्सलेटरमार्फत् आगामी तीन महिनासम्म मेन्टरसिप, बजार पहुँचका लागि भारत भ्रमण, लगानीकर्ता तथा कर्पोरेट सम्बन्ध विस्तारमा सहजीकरण प्रदान गरिने बताइएको छ ।

चार संस्था मिलेर स्थापना भएको एक्सलेटर कार्यक्रमको उद्देश्य नेपालमा प्राविधिक उद्यमशीलताको नेतृत्वमा आर्थिक विकास ल्याउने रहेको छ । जसले डिजिटल अर्थतन्त्र, स्थानीय ज्ञानमा आधारित रोजगारी, प्रतिभा पलायन रोक्न, निर्यात बढाउन र वैदेशिक लगानी आकर्षित गर्न योगदान पुर्‍याउनेछ ।

ग्रोथएक्स एभरेष्ट एक हाइब्रिड संरचित एक्सलेटर कार्यक्रम हो । जसमा नेपालका उच्च प्रविधि र उच्च सम्भावित प्राविधिक स्टार्टअपलाई स्केलिङअप, विश्वव्यापी विस्तार र कोष संकलनमा सक्षम पार्नेछ । सिएनआई र सिएनआई युवा उद्यमी मञ्चको साझेदारीमा टिम भेन्चर्स, स्टार्टअप रिसोले संयुक्तरूपमा स्थापना गरेको कार्यक्रममा नेपालबाट आफ्नो उद्यम सञ्चालन गर्ने संस्थापकलाई सहभागी गराइने आयोजकले जनाएको छ । जसबाट नेपाली स्टार्टअपलाई अन्तर्राष्ट्रियरूपमा ख्यातिप्राप्त उद्योगी, डोमेन विशेषज्ञ, सफल संस्थापक र लगानीकर्ताबाट सल्लाह प्राप्त हुनेछ र नयाँ उद्योग स्थापना तथा अन्तर्राष्ट्रिय नेटवर्कका लागि मद्दत गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?