ब्राजिललाई पराजित गर्दै इंग्ल्याण्डलाई उपाधि

Read Time = 2 mins

लण्डन । ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै इंग्ल्याण्डले पहिलो महिला फाइनालिसिमाको उपाधि जितेको छ । इंग्ल्याण्डले टाइब्रेकरमा ब्राजिललाई ४-२ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा इंग्ल्याण्डले बाजी मार्‍यो ।

टाइब्रेकरमा इंग्ल्याण्डकी इंग्ल्याण्डकी जर्जिया स्टानवे, रचेल डाली, एलेक्स ग्रिनवुड र केलीले गोल गर्नुभयो । टोनीले गोल गर्न सक्नुभएन । ब्राजिलकी एड्रिना र केरोलिनले मात्रै गोल गर्न सफल हुनुभयो । तामिरेसको प्रहारलाई इंग्ल्याण्डकी गोलरक्षकले बचाउँदा राफाइलको प्रहार क्रस बारमा लाग्दै बाहिरियो ।

त्यसअघि वेम्वली स्टेडियममा भएको खेलको २३औं मिनेटमा इला टोनको गोलबाट इंग्ल्याण्डले अग्रता लिएको थियो । ९०औं मिनेटमा परिवर्तित खेलाडी आन्द्रेसा अल्भेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।

गत वर्षदेखि युरो च्याम्पियनसिप र दक्षिण अमेरिकाको कोपा अमेरिका च्याम्पियनबीच फाइनालिसिका नाममा यो खेल खेलाउने गरिन्छ । गत वर्ष नै पुरुषतर्फ अर्जेन्टिनाले इटालीलाई हराएर उपाधि जितेको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?